स्पेनिस ला लिगा फुटबल एल क्लासि : बार्सिलोना र रियल मड्रिड बीचको खेल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ८, एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज शनिबार हुँदैछ । सिजनको पहिलो भिडन्तमा बार्सिलोना र रियल मड्रिड बीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

क्याम्प नाउमा दुबै टिम सिजनको पहिलो एल क्लासिको आफ्नो बनाउने लक्ष्यमा हुने छन् । नयाँ सिजन दुबै टिम लय समात्न असफल दुबै टिम आफ्नो उपाधि दाबेदारलाई अघि बढाउँन चाहन्छ ।

जिनेदिन जिदानको नेतृत्वमा रहेको रियल ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जिदानको टिम रियलले पछिल्लो दुई खेलमा लगातार हार व्यहोरेको छ । गत साता ला लिगामा नवप्रवेशी काडिजसँग पराजित हुँदा च्याम्पियन्स लिगमा रियल शाख्तरसँग पराजित भएको थियो । जसको कारण जिदानको पद समेत धरापमा परेको छ । तर, बार्सिलोनासँगको खेल जित्दै जिदान आफ्नो आलोचकको मुख टाल्न चाहन्छन् । अघिल्ला दुई खेलमा टिम बाहिर रहेका कप्तान सर्जियो रामोस टिममा फर्किएका छन् । इडेन हाजार्डले यस सिजन खेलेका छैनन् । उनी टिम बाहिर नै छन् ।

रोनाल्ड कोम्यानको टिम बार्सिलोना घरेलु मैदानमा उत्कृष्ट जितको खोजीमा हुनेछ । ४ खेलमा ७ अंक जोडेर दशौँ स्थानमा रहेको बार्सिलोना जितसहित अंक तालिका सुधारको लक्ष्यमा हुनेछ । तर, बार्सिलोना पहिलो रोजाईका गोलकिपर मार्क टेर स्टेगेनबिना मैदान उत्रने छ । डिफेन्डर स्यामुएल उम्टिटी टिम बाहिर रहदा जोर्डी अल्बाको समेत खेल्ने सम्भावना न्यून छ ।

प्रतिक्रिया दिनुहोस