थप २ हजार २२५ जनामा संक्रमण पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ०८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या १,५५,२३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका मध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस