काठमाडौँ उपत्यकामा थप १११० जनामा कोरोना पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस