दाङमा आफ्नै छोराद्वारा बुबाको हत्या

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ८, दाङ । दाङमा आफ्नै छोराद्वारा बुबाको हत्या भएको छ । बंगलाचुली गाउँपालिका २ का २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुबा बालाराम विकको हत्या गरेका हुन् ।

वीरबहादुरले शुक्रबार राती घरको छतबाट धकेलेर बाबुको हत्या गरेका हुन् । छतबाट खस्दा बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।सामान्य विवादपछि छोराले बुबालाई कुटपीट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । वीरबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस