आईपीएलमा हैदराबादमाथि पञ्जाबको जित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ९, काठमाडौँ। आईपीएल टी९ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । युएईमा जारी १३औं संस्करणको खेलमा पञ्जाबले हैदराबादलाई १२ रनले हराएको हो ।

पञ्जाबले दिएको एक सय २७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९ दशमलव ५ बलमा एक सय १४ रन बनाउँदै अलआउट भएको हो ।हैदराबादका लागि कप्तान डेभिड वार्नरले २० बलमा ३५ रन बनाए पनि अरु ब्याट्सम्यानले योगदान गर्न सकेनन् । जितसँगै पञ्जाब दश अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस