चितवनमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, चितवन । विश्वब्यापी फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

उपचारका क्रममा चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेज अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो भने कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी आएको हो । उनको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

यस्तै पुरानो मेडिकल कलेजमा रौतहट चन्द्रनिगाहापुर नगरपालिका १ कि ७७ वर्षकी महिलाको मृत्यु भएको छ । निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो र सोही दिन मृत्यु भएको जानकारी आएको हो । उनमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस