दाङमा जंगली च्याउ खाँदा ५ जना बिरामी

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार १२, दाङ । दाङमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी वर्ष ३५ की बिमला विक, सोही ठाउँ निवासी वर्ष १७ की पवित्रा विक, वर्ष ११ की जेनिसा विक, वर्ष १० का सरोज विक र सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका–३, टेडीखोला बस्ने वर्ष १७ की मनिसा विक बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

उनीहरुले बिहीबार बेलुका ०८:३० बजेको समयमा च्याउ पाएर खाएका थिए । उनीहरु पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । उनीहरुको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस