थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेको छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस