बार्सिलोना छाड्ने मेस्सीको निर्णय

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौँ । बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेको बताएका छन् ।कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

मेस्सीले गत शुक्रबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग भेटघाट गरेका थिए । त्यसबेला नै उनले आफू लामो समय क्लबमा नरहने प्रष्ट पारिसकेका थिए । क्लबको बोर्डसँग राम्रो सम्बन्ध नरहेका मेस्सीले कोम्यानसँग भेटघाटपछि क्लब छाड्ने निर्णय लिएका हुन् ।मेसीले क्लब छाड्ने चाहने धारणा सार्वजनिक गरेपछि क्लबको आपतकालीन बैठक बोलाइएको छ । क्लबमा रहेको २ दशकपछि विश्व फुटबललाई नै आश्चर्यचकित बनाउँदै मेस्सीले बार्सिलोना छाड्ने निर्णय लिएका छन् ।

प्रतिक्रिया दिनुहोस