जनकपुरमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०,जनकपुर । सवारी दुर्घटनामा परि जनकपुरमा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित पिडारी चोक–कुर्था जाने बाटोमा विपरित दिशा तर्फबाट आएको मोटरसाईकललाई पिकअपले ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । ज १ च १८०१ नम्बरको पिकअपले विपरित दिशा तर्फबाट आइरहेको प्रदेश २–०३–००१ प २२७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा मिथिला बिहारी नगरपालिका–४ बस्ने २२ वर्षीय कलाम नदाफको मृत्यू भएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।

पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालक नदाफ सडकबाट करिब ५ फिट तल झरेका थिए । घाईते नदाफलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस