जुवा खेल्ने १२ जुवाडे पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १०, मोरङ । मोरङको सुन्दरहरैचा ४ मा रहेको एक होटलबाट आईतबार मध्यराति १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालक समेत रहेका छन ।

गोप्य सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका वडा नं ४ मा रहेको श्रेष्ठ होटलमा जुवा खेलाईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालाय बेलबारी र प्रहरी चौकी गछियाको सयुक्त गस्ती टोलीले नगद र ५३ हजार ७५ रुपैया र एन आइसी बैकको एउटा खाली चेक र रु १ लाख र २ लाखको दुई वटा चेक बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ । पक्राउ पर्नेमा होटल सञ्चालक अर्जुन श्रेष्ठ, सुन्दरहरैचा ४ का विनोद यादव, लोकबहादुर दाहाल, दिपेन्द्र पोखरेल, सिताराम पराजुली, सुवास भण्डारी , शेषप्रसाद अधिकारी , सुन्दरहरैचा वडा नं ५ का कमल भट्टराई , संजिव गुरुङ, सुन्दरहरैचा ८ का प्रदिप शंकर र सुनसरी दुहबी १२ का फ्रान्सीसी उराउ रहेका छन ।

प्रतिक्रिया दिनुहोस