१७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । हाल ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज ४ हजार ५ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस