घट्यो सुनको भाउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १०० ले घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो। मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस