सम्माननिय प्रधानमन्त्रीज्युलाई पत्र

Khabar24Nepal Author Logo..
अधिवक्ता बिकास गिरी, काभ्रे  पढ्न लाग्ने समय : ३ मिनेट
सम्माननिय प्रधानमन्त्रीज्यु अभिवादन ! 
हालसम्म देस कम्सेकम यो अबस्थामा आइपुग्नुमा तपाइलगायत सम्पुर्ण सहयोद्दाको ठूलो हात छ । बिगतका सरकार र अहिलेको सरकारको कार्य मुल्यान्कनको खाका सामाजिक सन्जालमा केही ब्यक्तिहरुले जेसुकै बिरोधका गुन्जायसहरु फैलाएपनी दीर्घकालिन रणनीतिका बिकासे परियोजनाहरु धेरै नै छन तापनि सरकार संचालनको क्रममा प्रधानमन्त्रीज्युबाट पनि केही गल्ती कमिकमजोरी भएका छन ।
काम गर्ने दौरानमा गल्ती कमिकमजोरी हुन्छन् तर त्यसलाई आत्मसाथ गरेर सच्याउनु राम्रो हुन्छ । पार्टीमा कसैलाई खातै खात कसैलाई धारे हात लगाएको पनि जगजाहेर नै छ । कुबेलामा अध्यादेश ल्याएको र सचिवालयको निर्णय बमोजिम बामदेव गौतमलाई रास्ट्रीय सभामा तत्काल नलगेकै कारण यहि निहुँमा सम्माननिय प्रधानमन्त्रीलाई हटाउने कुरा पनि केटाकेटीपन हुन्छ । प्रधानमन्त्री ओलीलाई हटाईहाल्नु पर्ने अवस्था र बेला होईन यो । प्रधानमन्त्री ओली र सरकारले गरेका कमिकमजोरीलाई हटाएर अझै बलियो बनाएर हिडाउनुपर्छ ।
पार्टी विधि र पद्धतिमा चल्नुपर्छ । त्यसैगरी महामारीलाई समुचित व्यवस्थापन गरी देशको अर्थतन्त्रलाई पुनः  सही ठाउँमा ल्याऊनू पर्ने बेलामा झन्डै दुईतिहाई जनमत पाएको सत्तारूढ  दलभित्रकै सत्ता लिप्सा र खिचातानीने अस्थिरता सिर्जना गर्न हुँदैन ।  तर सम्माननिय प्रधानमन्त्रीज्यूले पनि पार्टीको निर्णय ईमान्दारीपुर्वक कार्यान्वयन गर्ने तथा पार्टीमा प्रयाप्त छलफल गरेर काम गर्दा तपाइलाई नै आफुले जनाएका प्रतिबद्धता पूरा गर्न सजिलो हुन्छ र सरकारको कामको पार्टीले ज़िम्मेवारी लिई सरकारले गरेको कामको अपनत्व लिनुका साथै प्रचार पनि हुन्छ  । प्रधानमन्त्रीज्यूले सचिवालय चुस्त दुरुस्त नहुँदा र सल्लाहकार टिम भजनमण्डलीमा सिमित हुँदा पनि सरकारको आलोचना बढेको हो भन्ने सच्चाईलाई  बेलैमा आत्मसात गर्नुुुभयो
भने राम्रो हुन्थ्यो । प्रधानमन्त्रीज्युले सचिवालय र सल्लाहकार पुनर्गठन गर्दा पनि केही बिबाद  हट्छ । बिवादित सल्लाहकार र मन्त्री बिदा गर्नु स्वयंम प्रधानमन्त्रीज्युको र मुलुककै पनि हित हुन्थ्यो । यतिबेला सामाजिक संजालमा नेता कार्यकर्ता एक अर्कोलाई हिलो छ्याप्ने तिर नलागेर सबै कमरेडहरुले पार्टी एकताको मर्म, भावना र निर्वाचनको बेला आम जनताका बिचमा नेकपाका तर्फबाट घोषणापत्र मार्फत गरिएका प्रतिबद्धताहरु स्मरण गरौं  र ईमान्दारीपुर्वक ती प्रतिबद्धताहरु पूरा गर्न सहयोग र आबश्यक परे खवरदारी गरौं ।
कमिकमजोरी प्रधानमन्त्रीबाट मात्रै होईन अरुबाट पनि भएका छन । सबैले मनन गर्दै आफुबाट गरेका / भएका सारा कमिकमजोरीहरुलाइ सच्चाइ पार्टी र सरकारलाई बलियो बनाउनुको विकल्प छैन । कोरोनाको महामारीमा मुलुक आक्रान्त भै बिगत ३३ दिनदेखि लकडाउनमा रहिरहेको बेला सरकार परिवर्तनको डम्फु बजाउनु पनि गलत हो र सरकार परिवर्तन निकास पनि होइन । आलोपालो गरि प्रधानमन्त्री र मन्त्रीको रहर पूरा गर्न तथा गराउन आम जनताले नेकपालाई जनमत दिएका पनि होइनन् । बरु टिके प्रथा बन्द गराऔं ।
नेता र कार्यकर्ताको बिज्ञता र क्षमता अनुसार जिम्मेवारी बांडफांड गर्ने संस्कृतिको बिकास गर्न र गराउन नेकपामा ईमान्दार आम नेता कार्यकर्ता सबैले आ-आफ्नो ठाउँबाट सबै नेतृत्वसामु दबाब सिर्जना गरी सहयोग गर्ने प्रण गरौ । अन्ध समर्थक भएर मेरो गोरुको बार्है टक्का कसैले नगरौं । आइ. एम. विथ फलानो र तिलानो नलेखी आइ. एम. विथ सिस्टम लेख्ने नेता र कार्यकर्ता भैदिने हो भने पार्टी भित्रको व्यक्तिवादी प्रवृति कमजोर बन्छ र पार्टी तथा लोकतन्त्र बलियो बन्छ । तपाइलाइ सधै हाम्रो साथ रहनेछ र यो कुराको चिन्तन मनन सबैले गर्न जरुरी छ ।
अभिबादन !

प्रतिक्रिया दिनुहोस