नक्कली प्रेसकार्ड बोकेर हिन्नेहरुको बिगबिगी, राष्ट्रिय अनलाईन पत्रकार संघको अपिल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, बाँके । सूचना विभाग र नेपाल प्रेस काउन्सिलमा विधिवत संचालनमा रहेको केही अनलाइनले प्रेस कार्डको प्रयोगमा ल्याई जनमानस लगायतमा डर त्रास फैलाई समाचार र लाइभ दिई आतंकित गराई रहेको बिषयमा एक प्रेस विज्ञप्ति मार्फत राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ ले ध्यानाकर्षण गराएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघ, प्रदेश नं. ५का अध्यक्ष उदय सिंह श्रेष्ठले विज्ञप्ती मार्फत जानकारी गराएका हुन ।

दर्ता नभएको अनलाइन संचार मिडिया नभएको भन्ने कुरा नेपाल प्रेस काउन्सिल काठमाडौ कावा अध्यक्ष किशोर श्रेष्ठबाट सार्वजनिक भइसकेको र कतिपयले अनलाइन दर्ता नगराई प्रेसको कार्ड झुण्डाई जनमानसमा त्रास फैलाई रहेको भन्ने कुरा जानकारीमा आएकोले स्थानिय प्रहरी प्रशासनले त्यस्ता प्रेस पास झुण्डाई हिड्ने व्यक्तिहरूको पहिचान गरी प्रेसको दुरूपयोग गर्नेमाथि कानुनी कारवाहीको लागि राष्ट्रिय अनलाइन पत्रकार संघले अपिल गरेको छ ।

अनलाइन दर्ता भएको वा नभएको तल दिइएको लिंकबाट सम्पूर्ण विवरण हेर्न सकिने व्यहोरा अनुरोध छ ।

अनलाइन सूचीकरणको लागि आबेदन दिने अनलाइनहरुको नामावली – २०७६ चैत्र ९ गतेसम्म

प्रतिक्रिया दिनुहोस