औषधी व्यावसायी संघले कारागारको सुरक्षाकर्मीहरुलाई स्वास्थ सामाग्री वितरण

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, दाङ । नेपाल औषधी व्यावसायी संघ शाखा कार्यालय दाङले घोराहीमा रहेको कारागारको सुरक्षाकर्मीहरुलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेका छन । घोराही कारागारमा रहेका सम्पुर्ण सुरक्षा कर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको नेपाल औषधी व्यावसायी संघका सदस्य सुर्यमणी न्यौपानेले जानकारी दिएका छन ।

अध्यक्ष भुवनेस्वर बुढा, उपाध्यक्ष युबराज धिताल, सचिव निम कुमार रावत, सदस्य सुर्य मणी न्यौपाने लगाएतको टोलीले कारागारका सशस्त्र प्रहरी निरीक्षक तिर्थराज पोख्रेललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका हुन । लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई घर बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सुरक्षाकर्मीहरु निकै जोखिम मोलेर कार्य गरिएको हुँदा नेपाल औषधी व्यावसायी संघ शाखा कार्यालय दाङले सुरक्षाकर्मीहरुलाई उक्त सामाग्री उपलब्ध गराएको हो ।

अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी दिनरात नभनेर आमनागरिकको सुरक्षामा अहोरात्र नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको सदस्य न्यौपानेले बताए । उनका अनुसार संघले ५०० थान मास्क, ५० पिस स्यानी टाइजर र ३ पाकेट पञ्जा सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस