सशस्त्र प्रहरीद्वारा ३ लाख ५३ हजार रकम सहित २ हुण्डी कारोबारी पक्राउ

Khabar24Nepal Author Logo..
कृष्णा यादब पढ्न लाग्ने समय : २ मिनेट

आषाढ १३, वीरगंज । पर्साबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ५३ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। छिपहरमाई गाउँपालिका–२ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट एक हजार, पाँच सय, एक सय, ५०, २०, १० र ५ दरका नोट गरी कुल ३ लाख ५५ हजार बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले बताउनु भयो । सशत्र प्रहरी बोर्डर आउट पोस्ट छिपहरमाई भिस्वाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । आलुको बोरामा लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले उपरीक्षक कुवरले बताए। बरामद गरिएको रकमको स्रोत खुलाउन उनीहरूले नसकेको सशत्र प्रहरीको दाबी छ । सशस्त्र प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर २२ भी ३८२५ भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

सशस्त्र प्रहरी बलको भिस्वास्थित बिओपीले गत आइतवार ६ लाख रूपैयाँ नेपालीसहित एक जनालाई नियन्त्रणमा लिएको थियो । यस्तै यसअघि पनि सोही बिओपीले २२ लाख नेपाली रकमसहित एक जनालाई पक्राउ गर्न सफल भएको थियो । अहिले लकडाउन खुल्लै पनि सिमानाका सिल भएकोले अहिले हुण्डी कारोबारी पर्सा जिल्लाको ग्रामीण भेगमा फष्टयाएका छन् ।

लकडाउनका समयमा नेपाल भारत सीमा क्षेत्र सिल गरिएको अवस्थामा पनि हुण्डीको कारोवार ठूलो मात्रामा भइरहेको कुरा भिस्वास्थित सशस्त्रको बिओपीले एक पटक ६ लाख र त्यसअघि २२ लाख रूपैयाँ बरामद गरेको घटनाले पनि पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस