हात्ति छिर्यो, पुच्छर अड्कियो !

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • खिमराज गिरी

साउन ११ काठमान्डौ । संघ र प्रान्तीय चुनावहुँदाको वखतदेखि नै ने.क.पा.मा एकताको प्रकृया अगाडि बढ्दैजाँदा पार्टी वाहिरकाको त कुरै छौडौं भित्र पनि गुट र उपगुटले जेलिएर विभिन्न वैचारिक मतभेद खडागरी आ आफ्नै सैद्धान्तिक शब्द जालको मैदानमा फुटवल खेलिरहेको अवस्थामा ”जनताको जनवाद” मा कुरा मिल्यो र सैद्धान्तिक र वैचारिक मतभेदको करिव करिव अन्त्य भएकोले नै होला सायद ने.क.पा.मा गत केहि दिन आन्तरिक विचलन नआएर नै पार्टीको केन्द्रदेखि तल्लो तहसम्म पार्टी एकताको प्रकृया टुङ्गो लाग्न खोजेको यो वर्तमान अवस्थामा स्कुल विभागको जिम्मा कसलाई दिने भन्ने कुरामा सहमत हुन नसक्दा फेरि केहि दम्भ र घमण्डका शब्द जालहरु वजारमा आएका छन् ।

हुन त यो विशाल पार्टीका कयौं कार्यकर्ताहरुदेखि लिएर केन्द्रियस्तरका कयौं नेताहरुलाई जिम्मेवारीमा ढाल्नको लागि पक्कै पनि सजिलो छैन र चुनौतिका पहाडहरु पनि नतेर्सिएका होइनन्, र पार्टीको जुटलाई फुटमा परिणत गर्नको लागि देशी विदेशी शक्तिहरु पनि नलागेका होइनन् तापनि कुनै पनि नेताहरुले त्यसमा पनि कम्युनिष्ट पार्टीको खोल ओढिसकेपछि र चुनावताका जनताको अगाडि हामी कुनै नेता गणहरुले सैद्धान्तिक र व्यवहारिक विचलन ल्याउँदैनौ र नैतिकताको धरातलमा जनता र नेपाल आमाको कसम खाई देस र जनताकै लागि हरपल समर्पित हुनेछौं भनि गरेका वाचाहरु अहिले किन साना तिना झिना मसिना कुराहरुमा पनि तगारो वनि अगाडि तेर्सिएका छन् त ? यसवारेमा ने.क.पा.का केन्द्रियस्तरका नेताहरुले सोच्नैपर्ने वेला आएको छ ।

अहिले पार्टीका हरेक तह र तप्कामा प्रमोसन हुनको लागि गुट र उपगुटको खेल पनि नभएको होइन तै पनि केहि स्वयमित कार्यकर्ताहरुको कारणले यी समस्याको समाधान हल भएर गएका छन् र तल्लोस्तरमा केन्द्रमा झै तछाड मछाडको स्थिति खासै भएको पाइएको छैन तर ताप्के नताती विड मात्र तातेर के गर्नु, पार्टीका जिम्मेवार नेताहरुले वैठकमा एउटा कुरा गर्ने अनि वाहिर निस्केपछि मिडियाको अनुहार देखाए त के के उपलोस्तरमा पुगिन्छ भनि भए नभएका गुनासहरु पोख्ने अनि ”उसै त चरी पंखेटा झरी, उड्ने कसो गरी ” भनेजस्तो कार्यकर्ताको मनै भरङ्ग !

त्यसैले विगतको लामो इतिहास सम्झि दम्भ र घमण्डले कुनैपनि पार्टीहरुको राजनैतिक यात्रा सफल नभएको धरातलीय यर्थाथलाई मध्यनजर राख्दै स्वार्थको भुमरीमा अल्झिएर धमिलो पानिमा माछा मार्न पल्केका विचौलिया दलालहरुको भित्रिरुपमा पार्टी विगार्ने दाउपेचलाई समयमा नै पहिचान गरी यस्ता कुहिएका आलुलाई वेलैमा वाहिर फ्याकिदिने र देसमा भएका प्रत्येक तहका सरकारका प्रतिनिधिलाई कर्मचारी संयन्त्रको भ्रष्टाचारी महाजालमा नअल्झि आ आफनो जिम्मेवारी वहन गर्दै देस र जनताको लागि हरपल सकारात्मक काम गर्न सक्ने असल प्रतिनिधिको पहिचान नगुमाउनको लागि स्कुलिङ्ग गर्न र पार्टीगत स्वार्थभन्दा पनि राष्ट्को स्वार्थमा लागिपर्ने जनप्रतिनिधि वन्ने प्रेरणा जसले दिनसक्छ त्यस्ता वौद्धिक व्यक्तित्वको खाँचो आजको दिनमा भएकोले अनावश्यक मिडियामा हल्ला फिँजाई गरेको विज्ञापनले न पार्टीको हित हुन्छ, न देस र जनताको हित ।

विगत लामो समयदेखि पार्टीका शिर्षस्त नेताहरुले कयौं अप्ठ्यारा डुङ्गाहरु पारगर्दै आइरहेको वर्तमान अवस्थामा सम्पूर्ण कार्यहरुको समाधान हुँदा स्कुल विभाग कसले लिने भनेर गुट र उपगुटको खेति गरी मिडियालाई मसला वनाउन दिनुभन्दा पार्टीमा चाहे एक तह तल्लो ओहदामा किन नहोस् वौद्धिक व्यक्तित्वको छनौट गरी उक्त विभागको जिम्मेवारी दिँदा नै सवैको भलाई होला अन्यथा यस्ता झिना मसिना कुराहरुमा अल्झिएर ”हात्ति छिर्यो, पुच्छर अड्कियो ” भनेजस्तो, ”के निउँ पाउँ, कनिका केलाउँ ” भनेर वस्ने वेला होइन यो ।

मध्यनेपाल नगरपालीका २, लमजुङ्ग, हाल काठमाण्डौ
९८५११९२०८८

प्रतिक्रिया दिनुहोस