प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।


हाल कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस