सम्झना हत्या प्रकरण: बलात्कारपछि ह’त्या भएको प्रारम्भिक निश्कर्ष

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, बझाङ । बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल बझाङले प्रहरीलाई दिएको सम्झनाको पोस्टमार्ट अनुसार उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष निकालिएको हो ।


ती अधिकारीले भने, ‘शनिबार आएको पोस्टमार्टम रिपोर्टमा योनाङ्गमा घाउ भएको देखाएको छ, उनको टाउको, अनुहार, पिठ्यूँ लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक छ ।’ ती अधिकारीका अनुसार बलात्कारीसँग प्रतिकार गर्ने क्रममा उनको शरिरमा चोटपटक लागेको देखिन्छ। अहिले घटनाबारे अनुसन्धान गर्न बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्का नेतृत्वमा टोली खटिएको छ। घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको उनले बताए।

अहिले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरि अनुसन्धान समेत गरिरहेको छ । बोहरा यसअघि पनि विभिनन अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ। गत बुधबार गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका २ की सम्झना मृत फेला परेकी थिइन्। बुधबार साँझ घाँस हाल्न निस्केकी सम्झना शव निर्वस्त्र सिमदेवता मन्दिरमा भेटिएको थियो। सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन्।

उनलाई बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाही गर्न शनिबार चैनपुरमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस