त्याग! ‘लघुकथा’

Khabar24Nepal Author Logo..
सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : ४ मिनेट

कतै जानु पर्दैन घरमा जे छ त्यहि खाने!भन्दै पागलले महिको ठेको खोसेर राख्छ।मने महि लिन गाउँ जाँदै थियो । उ नबोली नबली भित्र बस्छ मतिले आटो पस्किन्छिन र सुकाको साग सँग मकैको आटो खान्छन।पहिले उन्को बिचार थियो छिमेकबाट मही ल्याएर आटो खाने तर त्यो हुन सकिन । पागलले ठेको खोस्यो,उस्लाई कसैले एकपटक जवाफ दियो भने त्यँहा जाँदैनथ्यो । उ एउटा खुद्दार मान्छे थियो। मतिका छोरा छोरीहरु घरभरी छन तर लोग्ने केहि बर्ष पहिले मरेका हुन । लोग्ने जस्तो भयपनि स्वर्गमा बसुन भनेर सदै बिन्ति गर्छिन,उन्को नाउमा ध्वजा बान्छिन।यो मुर्खले बिहानै नुहाई धोई गरेर ध्वजा बान भने सुन्दै सुनिन यो पापि छ । भाई बैनालाई पनि देख्न सक्दैन भन्दै मति कराउँछिन।

पागलले आफ्नो नाम जस्तै काम पनि उस्तै गर्छ।किनकी आजको समाजमा पुजा नलगाउ,जनाई नलगाउ,दलित सँग सगै बसेर खायो भनेत पागल्नै मानिन्छ । अझ दलितलाई तपाई भनेकै आधारमा पनि पागल भन्छन।यस्तो घिनलाग्दो सामाजिक ब्यबहारले गर्दा उस्लाई पनि पागल भन्छन। जेपनि काम गर्न हुँदैन भनेर आमाले सिकाउँछिन उस्ले त्यो काम नगरी छोड्दैन।माथि की बजैले तिम्रो छोरालाई पठाए स्वस्तानी पढदेला भन्नु हुन्थ्यो जाउ बाबु ! भन्दै मतिले छोरालाई भन्छिन।आमा मलाई भिर बाट हामफाल भन्नुश मैले हामफाल्छु तर त्यो स्वस्थानि पढ्न जादैन भनेर आमाको कुरा सुन्दै नसुनेर ग्वाला हिँड्छ । साँझ स्वतानिको पाठ थियो मात्थिर बजैका घर उनि सप्ता लगाउँने स्वतानि पढेर अध्यायन गर्न लगाउँथिन तर पागललाई त्यो कत्ति मन पर्दैन।साहिद उस्को नाम पनि यस्तै यस्तै कारणले होला पागल राखेको।

साँजमा गाई लिएर आउँछ उन्लाई गोठमा बान्दै थियो फेरि त्यो केटालाई पठाई दिउ मती भन्दै कराउ छिन ! माथि बाट बुढीले। हौश म एकछिन पछि पठाई दिन्छु।बाबुले खुबै मनगरेकोछ पढ्दिन्छु भनेर आस्वासन दिन्छिन । आमा जब म जाँदैन भने अनि हजूरले फेरी त्यसो किन भन्नु भयो ? भन्दै रिसाएर सोध्छ।छोरा मान्छे को मन राखन भयपनि गैदिउ हामिलाई उनिहरु सँग कति कामपर्छ?आज एकदिन गएर पढ्दैमा के तेरोमाथी पहाड खस्छ । जाउँ हामी एकैछिम मा आउँला भन्दै मतिले पागललाई सम्झाउँछिन। उसले अलिबेर सोँच्च ठिकै हो आमाको मन राख्दा के बिग्रिन्छ यहि बहानाले ति किताबमा केछ त्यो पनि बुझ्झिन्छ भन्ने दिमाखमा राखेर  ! हुन्छ आमा आर्को पटक नभन्नु मलाई स्वस्तानी पढ्न आज भरी पढ्छु भन्दै जान्छ।

उनिहरु पनि जान्छन बजै पनि खुसि हुन्छिन पागलको मसिनो मिठो आवाजमा स्वस्थानिको कथा सुन्दा त्यँहा बसेका स्वस्तानी भक्तहरु मत्रमुग्ध हुँन्छन।बजैलाई धेरै राम्रो लाग्छ!बाबु तिम्रो कतिमिठो स्वरछ सबैलाई कति राम्रो अब भोली देखि एक सप्ता सम्म तिमिनै आउँनु पर्छ । भन्दै आग्राह गर्छिन । बजै मैले ता जान्दैन अहिले धेरै मुश्किलले सुनाएकोछु । भन्दै आफ्नो पिछा छुडाउँन खोज्छ । तर किन मान्थिन तिमि आउनै पर्छ भोली बाट एक साता मलाई थाहाछैन बुझ्यौ ? भन्दै प्रसाद दिन्छिन । बुढीलाई के भन्ने हुन्छ बजै म आउला भन्दै बिदा हुन्छ। (केही दिन उस्ले स्वस्तानी पढ्यो)

उस्लाई घरको अबस्था हेर्दा छिट्टै कतै काम गर्न जानु पर्ने देखिन्छ।सो उ भारत तिर हिड्छ । लहुरमा पैसा कसरी कमाउँने काम पनि कसैले लगाई दिनन्।न उस्ले कसैको कुरा सुन्छ । उस्लाई कसैले काम मा नलगाएपछि उस्ले रिक्सा किरायाको ल्याएर रिक्सा चलाउन थाल्छ। देख्दा स्यान स्यानो केटो तर रिक्सा खिचेकै हुनथ्यो । उस्ले आफ्ना भाई बैनालाई जसरी तसरी आँखा देख्ने भय हुन्थ्यो भन्छ । आखिर कामको समस्याले त्यो बाल रिक्सावाला बन्यो।

बिस्तारै दिनहरु बित्दै गये उस्ले अलि मैना रीक्सा चलायो । यो द्वौरानमा एकदिन एउटा सवारी बसाल्छ त्यो सवारीले उस्लाई रिक्सा चलाउँन छुटायो।भयो केभने एकजना अधबैँसे र उसँग उस्कि छोरी रिक्सामा बसे उनिहरुले आपसमा नेपाली कुरा गर्दै थिए । त्यो पागलको त्यो केटी तिर मन जान थाल्यो।उस्ले अब त्यो सँग बिबहा गर्ने मनमनै योजना बनाउँन थाल्यो।यो बालपनमै यसरी प्रेम भयको दुर्लब नै हो।अब केहि दिन उस्लाई न देख्दा कहाँजाम भन्ने हुँन्थ्यो यसरी उ सँग प्रेम बस्यो।

अब पागलले उस्को खोज गर्न थाल्यो।गर्दा गर्दै उस्ले पढ्ने स्कूल देख्यो अनि उस्को घर देख्यो । साँचै नै उ पागल भयो।उस्लाई लाग्छ यो रिक्सावाला सँग उस्ले बिबहा पक्कै पनि गर्दैन तसर्थ उस्ले नोकरी गर्न थाल्छ । तर कथा त्यो लामूसमय चलेन उस्लाई त्यो केटी बाट छुट्टीनु पर्ने अबस्था आफ्नै घरको कारणले हुन्छ।एकदिन एकल्लै बसेको बेला सोँच्छ यदि यो सँग बिहे भयपछि त मेरा भाई बैना हेलारी हुन्छन। भयो अब कुनैन कुनै बहाना बनाएर यो केटी बाट टाडा जानु पर्छ भन्दै।आफुलाई कुनै ठुलो रोग लागेको भन्छ।एकनताक बिहे गर्न कस्सेको त्यो पागलले एक्कासी यस्तो फैसला गर्दा उस्लाई के भन्ने ?

अनि म अब तिमि सँग छुट्टिनु पर्छ मलाई बिदेश जानु पर्छ तिमिले आफ्नो आमा बाले भनेको ठाउँमा बिबहा गर्नु भनेर चिठी पठाउछ।
अनि उ त्यो केटी सँग टाडिन थाल्छ।सयम र परिस्थितिले ठिक त्यस्तै परकारले कोईनेटा छोप्छन । उस्ले त्याग गरेको कस्ले देख्यो देखेन छुट्टै कुरा हो तर उस्को मन मष्तिकमा त्यो ठुलो पिडा बनेर उपस्थित भई रह्यो।

प्रतिक्रिया दिनुहोस