ब्राजिलको कप्तानबाट नेयमारलाई हटाइयो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, एजेन्सी । कोपा अमेरिकामा ब्राजिली टिमको कप्तानी नेयमारले गर्न नपाउने भएका छन । कोपा अमेरिकामा ब्राजिली राष्ट्रिय फुटबल टिमको कप्तानी डानी अल्भेसले निभाउने भएका छन् ।

ब्राजिली फुटबल संघले एक बिज्ञप्ती जारी गर्दै कप्तान परिवर्तनको निर्णय गरिएको जानकारी गराएको हो । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले गत बर्ष सेप्टेम्बरमा नेयमारलाई स्थायी कप्तानको रुपमा नियुक्त गरेका थिए । त्यसअघि प्रत्येक खेलमा फरक फरक खेलाडीलाई कप्तानीको जिम्मेवारी दिने चलन टिटेले सुरु गरेका थिए ।

यस पटक कोपा अमेरिका ब्राजिलले आयोजना गर्दैछ । आठ पटकको च्याम्पियन ब्राजिल यस पटक प्रतियोगिताको समुह एमा छ । ब्राजिल रहेको समुहमा बोलिभिया, पेरु र भेनेजोयला छन् ।

प्रतिक्रिया दिनुहोस