तुलसीपुरमा जताभाबी पर्किङ गर्ने सवारी माथि धमाधम कार्वाही

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

असोज १२, दाङ । दाङ तुल्सीपुरमा जताभाबी रुपमा पार्किङ गर्ने दुईवटा कार र १९ मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । तुल्सीपुर प्रहरीले पाँच दिनसम्म लगातार माइकिङ् गरेको छ । अटेरी गरेपछि सवारीसाधन नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख चन्द्र केसीले बताए । नियन्त्रणमा लिएकाहरुलाई एक हजार रुपैँया जरिवाना गरेर छाड्ने छ ।                                                                           
जताभाबी रुपमा सवारी पार्किङ गर्दा सवारी दुर्घटना बढेको भन्दै यो अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए पटक पटकको अनुरोधलाई बेवास्ता गरेको भन्दै आइतवारदेखि तुलसीपुर बजारको अव्यवस्थीत पार्किङलाइ पुर्ण रुपमा हटाउने अभियानको एक कार्यक्रमको आयोजना गरि सुरुवात गरिएको छ । लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान, गुण्डागर्दि नियन्त्रण, यौनजन्य अपराध तथा टोल सुरक्षाको अभियानपछि पछिल्लो समयमा दाङ तुलसीपुर ईलाका प्रहरी कार्यालयका डिएसपी सिंह आएदेखि बजार व्यवस्थापनको अभियानमा निरन्तर लागेका छन ।

प्रदेश ५ नम्बर प्रहरी कार्यालयले तुलसीपुर प्रहरीलाई सचेतना बोर्ड बितरण गरेको छ । यस अघि प्रहरीले सडक मिचेर पार्किङ् गर्ने मोटरसाईकलका हेल्मेट समेत जफत गर्दै आएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुर तथा प्रदेश नं. ५ प्रहरी कार्यालयको सहकार्यमा अभियानलाई अघि बढाईएको छ । दाङको तुलसीपुरमा पार्किङ नहुँदा भने समस्या हुने गरेको तुल्सीपुरका डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस