थप १९५४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख हजार ६२ नाघ्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १२, काठमाडौं  । थप १९ सय ५४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ८ हजार २ सय ४८ जनामा परिक्षण गर्दा १९ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ६ सय ४३ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २९ सय ८१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २१ हजार ८ सय २४ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय ८७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस