कपिलवस्तुमा महिलाको हत्या,श्रीमानसहित तीन पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६,तौलिहवा। कपिलवस्तुमा एक महिलाको  हत्या भएको छ।

फाइल फोटो

जिल्लाको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको हो।

सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो ।

पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस