ओली र प्रचण्ड बीच बालुवाटारमा छलफल जारी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १३, काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच नियमित छलफल चलिरहेको छ । त्यसैको निरन्तरता स्वरुप उनीहरु आज पनि छलफल गरिहेका छन् ।

सोमबार भएको छलफलबाट मन्त्रालय टुक्र्याउने सहमति भएको भए पनि दुई नेताले मन्त्री कसलाई बनाउने र कसलाई हटाउने भन्ने निर्णय भने गर्न सकेनन् । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेपछि पार्टीका दुई प्रमुख नेताबीच छलफल सुरु भएको हो । गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस