मुगुको नाग्चेनाङ्ला नाकामा बोर्डर आउट पोष्ट राखिदै

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज १३ मुगु । मुगु सशस्त्र प्रहरी बलले चीनसँग सीमा जोडिएको नाग्चेनाङ्ला नाकामा बोर्डर आउट पोष्ट (बीओपी) राख्ने भएको छ ।जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुमगाउँमा पोष्ट राख्ने तयारी भइरहेको सशस्त्र प्रहरी गुल्म मुगुले जनाएको छ ।

कार्यालयका अनुसार नाग्चेनाङ्ला नाकाको रेखदेख गर्ने गरी मुगुमगाउँमा पोष्ट राख्ने तयारी भइरहेको बताईएको छ । नाग्चेनाङ्ला नाकामा बीओपी राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नम्वर ४५ गुल्म मुगुका डिएसपि खुम बहादुर केसिले जानकारी दिए । उहाका अनुसार बिओपि स्थापनाको लागि गृह मन्त्रालयमा सबै कागजपत्र बुझाएको बताए ।

गृह मन्त्रालय बाट आदेश जारी भए पछि दसैंअघि वा लगत्तै मुगुको नाग्चेनाङ्ला नाकाको रेखदेख गर्ने गरी मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुमगाउँमा पोष्ट राख्ने तयारी रहने केसिले जानकारी दिए । यो ठाउँ समुद्री सतहदेखि करिब ३ हजार २ सय मिटर उचाइमा अवस्थित छ । नाग्चेलाग्ना नाका भने ४ हजार ९ सय मिटर उचाइमा छ । सशस्त्रले मुगुगगाउँमा पोष्ट राखिसकेपछि मात्र तिन्जे र चाक्से नाकामा राख्ने योजना बनाएको छ ।

स्थायी रुपमा संरचना बनाउन स्थानमा जग्गा हेरिएको उनले बताए । त्यहाँ जग्गाको समस्या छैन, प्राविधिक रुपमा जहाँ उपयुक्त हुन्छ त्यही भवन बनाउन सकिन्छ उनले भन सशस्त्र तयारी अवस्थामा छ भने त पोष्ट स्थापना गर्न कुनै कठिनाइ छैन । उहाका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालिको नेतृत्वमा गएको टोलिले १३ नम्वर सिमामा पर्ने मुगुको नाग्चेनाङ्लामा कुनै पनि अतिक्रम नभएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस