कञ्चनपुरमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर प्रहरीका अनुसार साेमबार साँझ कृष्णपुर नगरपालिका १ का २४ वर्षीय लाल बहादुर बिष्ट र सोही ठाउँका २५ वर्षीय कमल थापालाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस