थप १५१३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७६ हजार २ सय ५८

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौँ  । थप १५ सय १३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ८ सय जनामा नमुना परीक्षण गर्दा १५ सय १३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेको छ । मन्त्रालयका अनुसार आज ७ सय ३१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५५ हजार ३ सय ७१ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस