थप २३६४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ६४ हजार ७ सय १८ जना

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १३, काठमाडौँ । थप २३ सय ६४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २४  हजार ८ सय ६२ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९ सय ४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस