काठमाडौँका सीडीओ शर्मा दम्पतीलाई कोरोना संक्रमण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १३, काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रजिअ दाहालले बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।

गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताउनुभयो ।  प्रवक्ता बुढाले भन्नुभयो, बिहीबार उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गृह मन्त्रालयमा दिनुभएको हो ।

उहाँ अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । काठमाडौँ जिल्ला प्रशासनले दसैं अघिदेखि नै अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस