राष्ट्रपति भण्डारी द्वारा जानकी मन्दिरमा पूजापाठ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १३,काठमाडौ । । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेकी छन् ।

शुक्रबार बिहान विवाहपञचमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएकी राष्ट्रपतिले जानकी मन्दिरमा पूजापाठ गरेकी हुन् ।पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री पदमा अर्याल जनकपुरधाम पुगेका छन् । दुबै मन्त्रीले राष्ट्रपतिसँगै जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।

रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन बिहीबार धनुष यज्ञ सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्र विघामा रामसीताको धनुषलीला प्रतिकको रुपमा देखाइएको हो ।

प्रतिक्रिया दिनुहोस