५ दिन देखि भोकै पेटमा पुगे हुम्ली मुगुमा

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८ मुगु । सुर्खेतमा अलपत्र परेका ३ सय ५३ जनालाई मुगुको सदरमुकाम गमगढीसम्म कर्णाली प्रदेश सरकारले बसको व्यवस्था गरी उद्धार गरेको छ । जिल्लाको चंखेली,अदानचुली, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका ३ सय ५३ जनाले सुर्खेतबाट मुगुसम्म पुग्दा पाँच दिनको अवधिमा एक छाकको भोको पेटले मात्र मुगु सम्म धौ धौ गरि पुगेको हुम्ली बासिले बताएका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि निरन्तर लकडाउन लागू गरेपछि अध्ययन, रोजगारी र उपचारका लागि सुर्खेतमा रोकिएका हुम्लीबासीलाई कर्णाली प्रदेश सरकारले सातवटा बसमार्फत गमगढीसम्म उद्धार गरेको थियो ।

आफ्नो गृह जिल्ला छोडरे ज्याला मजदुरी गर्ने नागरिक , विद्यर्थी , बालवालिका , वृद्धवृद्धा लगायत अन्य नागरिक लाई काठमाण्डौ , नेपालगंज , सुर्खेत हुदै बुधवार मात्रै मुगु पुगेका अलपत्र नागरिकहरु लाई मालपोत कार्यालय मुगुका कार्यालय प्रमुख जगत बहादुर रोकाया , र सामुदायिक वन उपभोक्ता समिति कर्णाली प्रदेश सदस्य मेल बहादुर शाहीले थोरै भए पनि भोकको प्यास मेटाउनको लागि पानी , चाउचाउ वितरण गर्नु भएको भएको छ ।

प्रतिक्रिया दिनुहोस