आजको मौसम : मेघ गर्जन सहित वर्षा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । आज देशका पूर्वी भुभागमा आंशिक देखि सामान्य बदलि, मध्य भुभाग लगायत पश्चिमि पहाडी भूभागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु भागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यस्तै राति देशका पूर्वी भु भाग लगायत मध्य र पश्चिमि पहाडी भूभागमा सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भुभागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस