युवा व्यवसायी खड्का समाजसेवामा पनि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, काठमाडौं । सानो उमेरमा नै कन्स्ट्रक्सन क्षेत्रमा स्थापित जितेन्द्र खड्का व्यवसायसगैं समाजसेवामा पनि स्थापित हुदैछन । चन्दागिरी नगरपालिका वडा नं १३ पुरानो नैकाप निवासी उनि रियल स्टेट सगैं कन्स्ट्रक्सन व्यवसायमा सफलता चुम्दै अगाडी बढेका छन ।

साधारण परिवारमा जन्मिएका उनि २८ वर्षको उमेरमा नै सफल व्यवसायको रुपमा रहेका छन । पर्वत, स्यांजा, भैरहवा लगागतका ठाउँमा कन्स्ट्रक्सनको काम गरिरहेका उनले सामाजिक सेवामा पनि उति नै समय दिने गरेका छन । अर्चीज कन्स्ट्रक्सन कम्पनी प्रा.ली नामको कम्पनी मार्फत कन्स्ट्रक्सन व्यवसायमा रहेका उनले लकडाउनका समयमा खाना अभाव भएकाहरुलाई एकल प्रयासमा सहयोग गरेका हुन । उनले दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्न सहयोग गर्नुका साथै घर जानबाट रोकिएका यात्रुहरुलाई आफ्नै खर्चले आफ्नो गन्तव्यसम्म पुर्‍याएका थिए ।

उहाँले कागेश्वरी मनोहरामा रहेको श्री जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका वृद्धाहरुलाई पनि निकट भविष्यमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस