सन्दीप आवद्ध जमैकाकाे जित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौँ । क्याराबिन प्रिमियर लिग(सपीएल)मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध जमैका ताल्लवाजले जित हात पारेको छ ।जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । यस खेलमा सन्दीपले २ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेको उनले २७ रन दिएर २ विकट लिएका हुन् । क्वीन्स पार्क ओभलमा भएको खेलमा जमैकाले टस जितेरपहिले ब्याटिङ रोजेको थियो ।

१२औं ओभरमा मात्रै बलिङमा आएका सन्दीपले यस ओभरमा ७ रन र १४औं ओभरमा १० रन दिए। १६औ ओभरमा सन्दीपले १६ बलमा २१ रन बनाएर खेलिरहेका इभिन लुइसलाई रोभमान पावेलबाट क्याच गराइ यस पेभिलिएन पठाए। यस ओभरमा २ रन मात्रै दिए। १८औं ओभरको पहलिो बलमै सन्दीपको बलमा छक्का प्रहार गरेका न्युजिल्याण्डका इश सोधीलाई लगतै अर्काे बलमा सन्दीपले बोल्ड गरिदिए।

प्रतिक्रिया दिनुहोस