डेङ्गु माहामारी रोक्न धरान ७ मा जनचेतनामुलक कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

साउन १५, सुनसरी । धरान ७ न वडा समिती र वडावासिको पहलमा डेङ्गु माहामारी रोक्न धरान ७ मा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । धरानमा डेङ्गु माहामारी फैलिरहेको हुनाले यसलाई न्युनिकरण गर्नका लागी स्वास्थ्यकर्मी सहितको टोलिले वडाका हरेक घरका ब्यक्ती ब्यक्तिमा जन चेतना जगाउने कार्य गरेको हो ।

विगत लामो समयदेखि धरानमा डेङ्गु आतंक फैलदै गएको छ । अस्पतालमा डेङ्गुका बिरामीको संख्या बढिरहेको अवस्थामा यो कार्यक्रम निकै फलदायी रहेको धरान ७ का युवा समाजसेवी ठाकुर कार्कीले बताउनु भयो ।

के हो डेङ्गु रु यसबाट कसरी बच्ने ?
डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिज इजिप्टाई जातको लामखुट्टेले डेङ्गुभएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने गर्छ ।

यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसहरुलाइ टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइँदैन ।

यसमा चार प्रकारका डेङ्गु भाइरस हुन्छन । त्यो भाइरस शरीरमा प्रवेश गरेपछि डेङ्गुज्वरो लाग्ने हो । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ ।

डेङ्गुका लक्षणहरु

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ ।

त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन ।

शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।

तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।

अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ ।

यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेङ्गुज्वरो, डेङ्गुहेमोरेजिक ज्वरो र डेङ्गुशक सिन्ड्रोम । क्लासिक डेङ्गुसामान्य प्रकारको डेङ्गुहो, यो आफै निको हुन्छ तर डेङ्गुहेमोरेजिक ज्वरो वा डेङ्गुसक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।

डेङ्गुले निम्त्याउने जोखिम

फोक्सोमा पानी जम्ने
पेटमा पानी जम्ने
रक्तश्राव हुने
मृगौला ड्यामेज हुने
एक पटक डेङ्गुभै सकेको मानिसमा धेरै जोखिम हुन्छ ।

डेङ्गुबाट बच्ने उपाय

लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।
घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
झ्याल ढोकामा जाली राख्नु पर्छ ।
शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ ।
सरसफाइमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस