थप २५०८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ७० हजार  ७ सय ४३

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १५, काठमाडौं । थप २५ सय ८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा २५ सय ८ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २२ सय ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ ला ३१ हजार २ सय २२ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९ सय ३७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस