वीपी प्रतिष्ठान धरानको सुधार दबाब समुहले माग सहितको अवधारणा पत्र बुझाउने

Khabar24Nepal Author Logo..
विनोद दर्नाल पढ्न लाग्ने समय : १ मिनेट

 

कात्तिक १५, सुनसरी । वीपी प्रतिष्ठान धरानको आन्तरिक समस्यालाई सुधार गर्नका लागि बनेको दबाब समुहले प्रतिष्ठानलाई माग सहितको अवधारणा पत्र बुझाउने भएकोछ । आज सम्पन्न दवाब समुहको पहिलो बैठकले सो निर्णय गरेको हो बैठकले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भोली (आइतबार) माग सहितको अवधारणा पत्र बुझाउने निर्णय गरेकोछ ।

दबाब समुहका संयोजक एवं सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाका अनुसार अवधारणा पत्रमा प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) सदस्यको संयोकत्वमा अधिकार सम्पन्न अनुगमन समिति बनाउनुपर्ने माग समेत गरिएकोछ । उहाका अनुसार , वर्तमान अवस्थाको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, एक्सन प्लान तयार गर्न बिशेषज्ञ सहितको समुह निर्माण गर्न पनि दबाब समुहको माग रहेकोछ । अक्सिजन प्लान्ट सञ्चालन, कोभिड हस्पिटलमा उपचारको सहजता, आचारसंहिता तर्जुमा र कार्यान्वयन गर्न पनि दबाब समुहको आवधारणा पत्रमा मागको रुपमा उल्लेख हुनेछ ।

बैठकले अवधारणा पत्रको मस्यौदा तयार गरेर अन्तिम रुप दिने जिम्मेवारी समुहका सहसंयोजक प्रा. डा. राजेन्द्र शर्मालाई दिइएको सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस