मुगुका लागि आएको चामल राजधानीमै गायव

बेच्न कहा लगिएको हो रहस्यमय बन्दै
Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १५, मुगु । हिमाली जिल्ला मुगुका लागि ल्याउन लागिएको खाद्यान्न कर्णाली प्रदेशको राजधानी सुर्खेतमै गायव भएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका कालै बिक्रि केन्द्रको लागि आएको २ सय ५० क्विन्टल खाद्यान्न ठेकेदारको लापवार्हीका कारण सुर्खेत सुब्बाकुनाबाट गायव भएको हो ।

खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुना बाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको जानकारी दिएको छ । सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० चामल रहेको जानकारी दिए । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगुका निमित्त कार्यालय प्रमुख पुस्कर भामका अनुसार यसको बारेमा कार्यालय लाई शनिवार मात्रै खवर आएको जानकारी दिए । उनले भने आफुहरुले यो चामल कहा बाट आएको हो , कति छ , कुनै अत्तो पत्तो नभएको भामले जानकारी दिए । सोरुका लागि सिद्धार्थ ढुवानी सेवा जिम्मा लिएको थियो , ठेकेदारहरुले सम्झौता गरे बमोजिम त्यसको २० दिन भित्र सम्बन्धित स्थानमा पुुग्नु पर्ने बताए । एक त कर्णाली प्रदेश त्यसमा पनि मुगु जिल्ला खाद्यान्न अभाव यहाका स्थानीयले भोगि रहेका छन् । यसरी बिच बाटोमै खाद्यान्न गायव हुनु , निन्दनीय काम रहेको जानकारी दिए ।

भामका अनुसार अनुसन्धानमा संलग्न एक कर्मचारीका अनुसार ना ६ ख ५७२१ नम्बरको ट्रकमा रहेको २ सय ५० क्विन्टल चामल आपूर्तिकर्ता वासुदेव शर्माले भक्तपुर पठाउन लागेको आफु लाई प्राप्त जानकारी भएको बताए । उनले थपे वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाईएको थियो । प्रतिकेजी ४२ रूपैयाँको दरले बिल काटिएको जनाईएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको समेत मिलेमतो हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले बिहीबार राति नै कागजपत्र नियन्त्रणमा लिएको थियो । प्रहरी र कम्पनीले नियन्त्रणमा लिइएको चामलबारे अनुसन्धान थालेको छ । कर्णालीका हिमाली जिल्ला पठाउनुपर्ने चामल आपूर्तिकर्ता ठेकेदारले भक्तपुर पठाउने गरेको खुलेको छ ।

कम्पनीसँग असोज १६ गते भएको सम्झौता अनुसार शर्माले कालैका लागि जापानी चामल १ हजार क्विन्टल र अरुवा मोटा चामल १ सय क्विन्टल उठाएका थिए । मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउन लागेकामा दुईमत रहेन अनुसन्धानमा संलग्न ती कर्मचारीले भने कम्पनीको गोदामबाट उठाइएको अरू चामल कहाँ लगेर बेचियो भन्ने पनि रहस्यमै रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस