मङ्सिर २४, काठमाडौँ । नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ। मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलको लागी टिकट लिन गएका दर्शकमाथि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन्। यसअघि सोमबार […]
Author: khabar24nepal
२-१ ले भुटानलाई हराउँदै नेपाललाई स्वर्ण
मंसिर २४, काठमाडौं । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे । खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै […]
५३ औं मिनेटमा नेपालको अग्रता
मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान बिचमा भएको ५३ औ मिनेटमा फेरी अग्रता लिएको छ । ५३ औ मिनेटमा नेपालका लागि सुनिल वलले गोल गर्दै नेपाललाई हग्रता दिलाएका हुन । दशरथ रंगशालामा भएको खेलमा १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरे भने भुटानको […]
लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न
मंसिर २४, काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजु र लैगिङ्क हिंसा नियन्त्रण समन्यय सञ्जाल तारकेश्वरको सम्युक्त आयोजनामा आयोजित लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम आज सम्पन्न भएको छ । लैङ्गिक हिंसा नियन्त्रण संजालका प्रमुख बिना रानाको अध्यक्षतामा प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत गरिएको कार्यक्रम काठमाडौं […]
नेपाल भुटान बराबर
मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान बिचमा भएको खेलमा दुबै देशले १ १ गोल गर्दै बराबरमा खेल भएको छ । दशरथ रंगशालामा भएको खेलमा १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरे भने भुटानको तर्फबाट ४० औं मिनेटमा भुटानका भुटानका कप्तान चेन्चो ग्याल्सेन […]
भुटानविरुद्ध नेपाललाई अग्रता
मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरे ।
भालुवाङबासीले राप्ती नदी उत्खनन्मा दर्जनौं ट्रयाक्टरलाई रोक लगाए
ओमप्रकाश गुप्ता मंसिर २४, दाङ । दाङ देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा जथाभावी उत्खनन् गर्न थालेपछि भालुवाङबासीले विरोध गरेका छन् । भालुवाङको घना मानवबस्ती सँग जोडिएको राप्ती नदीमा दैनिक सयौं ट्रयाक्टर ढुंगा गिट्टी, बालुवा उत्खनन्, संकलन र ओसार पसार हुन थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । त्यस क्रममा सोमबार सयौंको संख्यामा बगरमा भेला भएका स्थानीयले […]
विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको अमेरिकी डलर सहित एक जना पक्राउ
मंसिर २३ , काठमाडौं । अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिक ३८ वर्षीय AGHA ZEESHAN HAIDAR लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त […]
सुनिलस्मृति गाउँपालिका विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सम्पन्न
मंसिर २३, रोल्पा । विद्यार्थीसँग अध्यक्ष कार्यक्रम आज त्रिपुरेश्वरी माध्यामिक विद्यालय खुंग्रि रोल्पामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको उपस्थितीमा उक्त कार्यक्रम भएको हो, गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के के रहेका छन् भन्ने यथार्थ वुझ्नका लागि नै यो कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । विद्यालयको प्राङ्गनमा पुग्दा तेश्रो घण्टी […]
घाइते बालिकाको दाहिने खुट्टा काटियो, सामान्य बन्दै कोहलपुर
मंसिर २३, बाँके । आइतबार ट्रक दुर्घटनामा परेकी बालिका प्रकृति चन्दको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा काटिएको छ भने देब्रे खुट्टामा गम्भीर चोट लागेको छ । बालिकालाई थप उपचारका लागि आइतबार नै नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो । अहिले बालिकाको अवस्था खतरामुक्त रहेको बताइएको छ । ट्रकले स्कुले […]