Banner News समाचार

आजको मौसम : देशभर वर्षा र हिमपात

माघ ३, काठमडौँ । आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ । […]

पत्रपत्रिका समाचार

जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार

माघ ३, काठमाडौ । स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि आफ्नै क्रसर उद्योगलाई ठेक्का दिलाएर नदीनाला र पहाड दोहनमा सक्रिय समाचार आजको नया पत्रिका दैनिकमा जिल्ला ब्युरो, काठमाडौंले तयार पारेको हो । काभ्रे : पूर्वसांसददेखि डनसम्म रोडा–बालुवा तथा क्रसर उद्योगका मालिक पूर्वसांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा […]

आर्थिक पत्रपत्रिका समाचार

अर्थमन्त्रीलाई नैतिक संकट

माघ ३, काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषद्बाट सफाइ पाएपछि अर्थमन्त्रीलाई नैतिक संकट परेको छ। कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा छानबिन अघि बढेको थियो। श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो। मन्त्रिपरिषद्ले डेपुटी गभर्नर श्रेष्ठ अन्यायमा परेको निष्कर्ष निकाल्यो। यो […]

Banner News पत्रपत्रिका समाचार

अझै टेकोका भरमा घर

माघ ३, काठमाडौँ । यट्खास्थित कन्या माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दो छ । भूकम्पले क्षति पुगेर विद्यालय भवनमा रातो स्टिकर लागेपछि अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाएर पठनपाठन सुचारु गरिएको थियो । केही समयपछि टीएलसीमा पानी चुहिने, विद्यार्थीलाई चिसो लाग्ने, कीराफट्याङ्ग्राले दुःख दिने भएपछि विद्यार्थी धमाधम अन्य विद्यालयमा भर्ना भएर जान थाले । विद्यार्थी भाग्न थालेपछि विद्यालयले फेरि पुरानै […]

Banner News राशिफल

तपाईको आज

वि.सं. २०७६ माघ ०३ गते शुक्रबार तदनुसार ई. सं. २०२० जनवरी १७ तारिख, परिधावी नामक संवत्सर, शाके स्– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. स्– ११४०, (पोहेलागा), काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०६:५८ बजे र सूर्यास्त साँझ ०५:३० बजे । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन चुनौती र परीक्षणका […]

sab
समाचार

झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हाम फाले

माघ २ धादिङ । धादिङ बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफालेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भइसकेको छ भने ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान विनय लामिछानेको भने उद्दार भएको धादिङका […]

समाचार

पर्यटन तथा धार्मिक स्थल लेखपोखरालाई संरक्षण गर्नु सबैको दायित्व : सचीव कार्की

मनोज कार्की माघ २, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापहिलेको छापमा अबस्थित लेखपोखरा भएको माघेसक्रान्ती मेला सम्पन्न भएको छ । समापन कार्यक्रम नेकपाका सचिव वीर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा समापन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी र्काकीले मालिका गाउँपालिकाको लेखपोखरा पर्यटन तथा धार्मिक स्थल भएकाले यसको संरक्षण गर्नु सबै दायित्व भएको बताए […]

आर्थिक प्रदेश ५ समाचार

गोकुल दुग्घ उत्पादक सहकारी संस्था लिमिटेडको २६ औं साधरणसभा सम्पन्न

माघ २, तिलोतमा । गोकुल दुग्घ उत्पादक सहकारी संस्था लिमिटेड तिलोत्तमा १२ बर्मेलीटोल रुपन्देहीको को २६औं साधरणसभा तथा २७ औ बार्षिक उत्सब आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरि काफ्लेको अध्यक्षता र तिलोत्तमा १२ का अध्यक्ष सहदेब थारुकोे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सस्थाका अध्यक्ष हरि प्रसाद काफ्लेले बार्षिक कार्यक्रम प्रस्तुत गर्दै […]

समाचार सुदुरपश्चिम प्रदेश

कैलाली मा “घाेडाघाेडी सांगीतिक तथा पर्यटन महाेत्सव” आज देखि सुरु

राम विश्वकर्मा  माघ २, कैलाली । स्वास्थ , शिक्षा , सुचना बिकासकाे अभियान,कृषि ,संस्कृति र पर्यटन हाम्रो हाम्राे पहिचान भन्ने मुल नाराका सात घाेडाघाेडी मिडिया संञ्चार समूह काे आयाेजनामा कैलाली काे घाेडाघाेडी नगरपालिका १ सुखडमा आज देखि “घाेडाघाेडी सांगीतिक तथा पर्यटन महाेत्सव आजदेखि सुरु भएकाे छ । घोडाघोडी नगरपालिकामा रहेका पर्यटकिय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, […]

समाचार समाज सुदुरपश्चिम प्रदेश

कैलालीबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ

खबर 24 नेपाल ब्युरो माघ २, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका ८ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले तीन जनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित प’क्राउ गरेको हो । धनगढीउपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा […]