Banner News

सुनसहित रसुवाका दावा छिरिङ तामाङ पक्राउ

३ फागुन, रसुवा । चीनको केरुङबाट अवैध रूपमा ल्याएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ ,थुमनका दावा छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चीनको केरुङबाट काठमाडाैँ जाँदै गरेका तामाङ ४ सय ६२ ग्राम सुनसहित पक्राउ परेका हुन् । केरुङबाट शुक्रबार काठमाण्डौ जान लागेका तामाङलाई गोसाईकुण्ड गाउँपालिका–६ खोपाङ भीरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रञ्जन अवालेले बताए । […]

Banner News प्रदेश ५ समाचार

दाङमा यात्रु बस दुर्घटना,४२ घाईते,३ जनाको अवस्था गंभीर

टेक बहादुर पुन दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना भएको छ्। बस एक आपसमा ठोक्किदा ४२ जना यात्रु घाईते भएका छन् । भने तिनजनाको अबस्था गम्भीर छ । आज दाङको दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा दुईवटा यात्रुबहाक बस आपसमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा […]

Banner News भिडियो मनोरन्जन

अमित बाबुको मार्मिक गित “कठै कान्छु” सार्वजानिक (भिडियो सहित)

फागुन ०३, काठमाडौं । रुकुमेली गायक तथा संगीतकार अमित बाबु रोकायको मार्मिक लोकदोहोरी  गित ‘कठै कान्छु’ बोलको गित  सार्वजानिक भएको छ । गायक तथा संगीतकार अमित बाबू रोकाय प्राय जसो पिढाको  शब्दहरुले समेटिएका गीत गाउने गायक मध्येका एक गायक हुन । नेपाली गित सङ्गितलाइ केहि माथि उठाउनको लागि  अमित बाबु रोकाय दिन-रात लोकसङ्गितमा लागिरहेको हामि […]

कला/साहित्य मनोरन्जन

विचलित मन बाट ३ मुक्तक

१. थाले पिउन तिमिबाट दुर भएपछि तिम्रो आफ्नै मेरो आफ्नै सुर भएपछि मजाक ठान्यौ जिन्दगीलाई थाहा छैन किन झर्को मान्दै गयो आज भरपुर भए पछि । २. हावा बनायौ अनि पानी बनायौ उसलाई सम्झने बानी बनायौ त्यसैले त आजकल  म आधा भाकिछु धोका दियौ अनि कहानी बनायौ । ३. दुइ दिनको लागि मलाई रानी बनायौ […]

भिडियो मनोरन्जन

पशुपति शर्माको नया गित ‘लुट्‍न सके लुट् कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट’ सार्बजनिक (भिडियो)

काठमाडौं –नेपालको राजनीतिमा खैलाबैला आएपछी लोक तथा दोहोरी गायक पशुपति शर्मा आक्रोशित भएका छन् ।राजनीतिक खिचातानीबाट सरकार ढाल्ने र बनाउने खेलप्रति आक्रोसित हुँदै उनले व्यग्यात्मक शैलीमा राजनीतिक दललाई खबदारी गरेका छन् । ब्याङ्ग्यात्मक एवम् चेतना मुलक गीत गाउँदै आएका पछिल्लो समयका चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। गायत शर्माले लुट्न सके लुट कान्छ, […]

आर्थिक समाचार

महाअभियोगबाट जोगिन अख्तियारका आयुक्त राजनारायणद्वारा राजीनामा

३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । शुक्रबार नेकपाका सांसदहरूले महाअभियोग दर्ता गर्ने तयारी गुिरहेको अवस्थामा उनले राजीनामा दिएका हुन् । स्रोतका अनुसार पाठकले राजीनामा दिए पनि उनी भ्रष्टाचारको कारवाहीबाट जोगिने अवस्था भने छैन । अख्तियारजस्तो संवैधानिक […]

Banner News कर्णाली प्रदेश समाचार

भेरीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ४ पुग्यो, ९ घाइते १ जनाको सनाखत हुन बाकी ।

फागुन ३, जाजरकोट डोल्पा सडक खण्डको अन्तर्गत भेरी नगरपालिका १, पिपिरी रुख भीरबाट बस खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस्तै बस दुर्घटनामा ९ जना घाइते भएका छन् । नेपालगञ्जबाट पश्चिम रुकुमको राडीबजार तर्फ जाँदै गरेको भे १ ख १३२९ को नम्बरको बस रिम्नाबजारदेखि डेढ किलोमिटरको दूरीमा रहेको पिपिरी रुख भीरबाट बिहीबार भेरी […]

Banner News अन्तराष्ट्रिय समाज

यिनै हुन् २० वर्षे आदिल अहमद जसले आत्मघाती हमलामा ४२ जना भारतीय जवानको ज्यान लिए

बिहिबारको दिउसो करिव ३ बजेको समयमा भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा यस बर्षकै सबैभन्दा ठुलो आतंकवादी आक्रमण भयो। आक्रमणमा कम्तिमा ४२ जना भारतीय सुरक्षा पौज सीआरपीएफका जवान मारिएको छन् भने ४० भन्दा धेरै घाइते भएको जनाइएको छ । करिब २५० वटा सवारी साधानमा करिब २५०० जना को फौज राजमार्गबाट गइरहेको बेला एउटा कारमा आएका आतंकवादीले […]

प्रदेश ३ समाचार समाज

सर्वोच्चको फैसलाले माडीमा आक्रोश, मेयर ढकाल भन्छन् “ईआईए भैसकेकाले आदेशको अर्थ छैन”

तीर्थ नेपाल फागुन ३ , चितवन । सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माणसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन फैसला जारी गरेपछि मााडी नगरपालिकाका प्रमुख सहित यहाँका अगुवाहरुले आक्रोश ब्यक्त गरेका छन् । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले निकुञ्ज भित्र हुलाकी मार्ग निर्माणका लागी ईआईए ( वातावरणीय प्रभाव मुल्यांकन) को काम सकेर ठेक्काको प्रक्रिया […]

प्रदेश ५ समाचार समाज

दाङमा चट्याङ् परि आगलागी हुँदा एक बृद्धा घाईते, पाँचलाख बराबर क्षति

तुलसीपुर , ३ फागुन / दाङमा चट्याङ परेर आगलागी हुँदा एक बृद्धा घाईते भएकी छिन्, भने पाँचलाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको गढवा गाउँपालिका वडा नं. ७ बिजयपुर स्थित बालाराम बिकको खरले छाएको घरमा आगलागी हुँदा उहाँकी श्रीमती ७४ बर्षीया मोती बिक घाईते भएकी हुन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार […]