snow
गण्डकी प्रदेश समाचार समाज

माथिल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो

कात्तिक २२, मुस्ताङ । माथिल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए । चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो […]

Banner News गण्डकी प्रदेश समाचार

पोखरास्थित राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट

कात्तिक २१,कास्की । कास्कीको पोखरास्थित राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटरको दूरीमा विस्फोट भएको हो । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ । त्यअघि निर्वाचन अधिकृतको कार्यालय नजिक बम बिस्फोट भएको […]

गण्डकी प्रदेश समाचार समाज

पृथ्वी राजमार्गमा शंकास्पद वस्तु फेला

कात्तिक १७, पोखरा । पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत पोखरा महानगरपालिकाको वडा नं २९ मा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिएपछि राजमार्गमा केही समय सवारी आवागमन समेत रोकिन पुग्यो । अहिले भने शंकास्पद वस्तु भेटिएको क्षेत्रलाई सिल गरेर सवारी सुचारु गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । आईतबार बिहान साढे १० […]

गण्डकी प्रदेश समाचार

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

कात्तिक १५, कास्की । पोखरा महानगरपालिका-८ आलुमाइला चोकस्थित धर्मेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय श्रेष्ठ समेत १० जनालाई नगद ३ लाख ५७ हजार ५ सय ५० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Banner News आर्थिक गण्डकी प्रदेश समाचार समाज

पोखराबाट ३३ तोला सुनसहित भारतीय नागरिक सम्पर्कविहिन

कात्तिक ८, पोखरा । पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् । भारतको कलकत्ता घर भई उक्त ज्वेलर्समा काम गर्दै आएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । […]

आर्थिक गण्डकी प्रदेश समाचार

मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार सहित २ जना घुस रकम सहित पक्राउ

कात्तिक ४, कास्की । मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल समेत २ जना घुस रकम सहित नियन्त्रणमा परेका छन । मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी मनोहरि भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने समेत विभिन्न बहानामा मिलेमतो गरी घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान […]

गण्डकी प्रदेश समाचार समाज

मनाङमा अमेरिकी नागरिकको मृत्यु

कार्तिक ३, मनाङ । ट्रेकिङका लागि थोरङपास हिडेका विदेशी नागरिकको मनाङमा मृत्यु भएको छ । मृत्यु हुने विदेशी अमेरिकी नागरिक रहेको प्रहरीले जानकारी दियो । मनाङको डिस्याङ गाउँपालिका ७ टंकीमा उनको शव फेला परेको हो । मृतकको पुरा नाम स्टेफन भोन एस स्मिथ रहेको प्रहरीले जानकारी दियो । उनको पासपोर्ट नम्बर ६४६०२७४५ रहेको छ । […]

Banner News गण्डकी प्रदेश समाचार समाज

जर्मनी नागरिक पोखरामा मृत फेला

कार्तिक ३, पोखरा । जर्मनी नागरिक पोखराको एक होटलमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका ६ लेकसाइड स्ट्रेट नम्बर २ को होटल लक्की सेभेन गेस्ट हाउसमा बस्दै आएका उनी बिहान मृत फेला परेका थिए । ७६ वर्षिय कार्ल हेइन्ज स्किकेल केही दिनदेखि सोही गेष्ट हाउसमा बस्दै आएका थिए । बिहान अबेरसम्म नउठेपछि होटलका साहुजीले […]

Banner News गण्डकी प्रदेश समाचार

मिटरमा जान नमान्ने ५२ ट्याक्सी कारबाहीमा

असोज २६,कास्की । पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी चलाउने पाँच ट्याक्सी र चालकलाई आज कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विभिन्न तहबाट भएका निर्णयको बेवास्ता गर्दै ट्याक्सीहरूले मनोमानी रुपमा भाडा लिने, मिटरमा नजाने जस्ता सर्वसाधारणका गुनासालाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि […]

गण्डकी प्रदेश समाचार समाज

स्याङ्जामा लागूऔषधसहित ३ पक्राउ

असोज १६ स्याङ्जा । बुधबार साँझ प्रहरीले लागूऔषध सहित म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, भिरकोट नगरपालिका–१, स्याङ्जाका २१ वर्षीय भरत गुरुङ र सोही स्थानका २० वर्षीय सहितविन मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा३ख ४९७१ नंको माइक्रोबसमा सवार श्रीराम कार्कीको साथबाट नोफिन ७५ थान, डाइजेपाम ७५ थान, फेनारगन […]