Banner News प्रदेश ३ समाचार स्वास्थ्य

 तिलगंगा आँखा अस्पतालले नेपालमै पहिलोपटक १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण

कात्तिक २९,काठमाण्डौ ।  तिलगंगा आँखा अस्पतालले नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ । अस्पतालबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले जानकारी दिए । यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा दुई जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो । यो प्रविधिले […]

Banner News प्रदेश विविध समाचार सुदुरपश्चिम प्रदेश स्वास्थ्य

१७ औं अनशनका लागि डा. केसी डडेल्धुरामा

कात्तिक १८, काठमाडौं । अनशन बस्नका लागि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी डडेल्धुरा पुगेका छन् । आफूसँग भएको सम्झौता कार्यान्यन नभएको भन्दै डा.केसी फेरि अनशन बस्न लागेका हुन्। अनशन बस्ने तयारी गरिरहेको र केही बेरमै बस्ने डाक्टर केसीले बताएका छन् । आफ्ना शुभचिन्तकहरु मुलुकभर भएको उल्लेख गर्दै उनले यसपटक सुदूरपश्चिमको डडेलधुरा रोजेका बताए । यो […]

Banner News राजनीति समाचार समाज स्वास्थ्य

शनिबारबाट प्रधानमन्त्रीले भेटघाट गर्ने

कात्तिक १५, काठमाडौं । अल्ट्रा–फिल्ट्रेसन र हेमोडायलाइसिस गरेर दुई दिने अस्पताल बसाइपछि बिहीबार बेलुका फर्केका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार दिनभर बालुवाटारमै रेस्ट (आराम) गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार चिकित्सकको सुझावअनुसार नै प्रधानमन्त्रीको शुक्रबार कुनैपनि कार्यक्रम वा भेटघाटको औपचारिक कार्यक्रम नराखिएको हो ।  ‘शुक्रबार आन्तरिक भेटघाटबाहेक अरु कुनै कार्यक्रम तय गरिएको छैन’ प्रधानमन्त्री […]

Banner News समाचार स्वास्थ्य

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, अहिले ग्राण्डी अस्पताल

कार्तिक १३,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पताल पुर्‍याइएको छ। बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको हो । प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन्।

Banner News प्रदेश १ समाचार समाज स्वास्थ्य

बिजुली बालेर गाउघर क्लीनिक उद्घाटन

गोबिन्द पौडेल, रोङ कातिक १०, इलाम । रोङ गाउपालिका वडा नं ६ को कुवापानी टोलमा आज एक कार्यक्रमको साथ गाउघर क्लिीनिक भवन र बिजुली बत्तीको समेत उत्घाटन गरिएको छ । हालसम्म नागरीकहरुले गाउमा सामान्य स्वास्थ्य सेवा र खोपकेन्द्र पनि नभएको बेलामा दीपावली पर्ब तथा महाकबि लक्ष्मीप्रसाद देबकोटाको १ सय ११ औ जन्म जयन्तिको अवसरमा गाउघर […]

प्रदेश ५ समाचार स्वास्थ्य

ब्यवसायीहरुलाई गुणस्तर किसिमको माछा मासु विक्रि वितरण गर्न सुनवल नगर प्रमुखको आग्रह

विमल भट्टराई /ईन्दिरा विश्वकर्मा,सुनवल कार्तिक ९, नवलपरासी । सुनवल नगरपालिकाले हाट बजारमा खुल्ला रुपमा विक्रि वितरणको लागीे राखिने माछा ,मासुमा प्रतिबन्द लगाएको भएतापनि अब्यवस्थित रुपमा मासु पसलहरु सञ्चालन भईरहेको सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्रीले बताउनुभएको छ । अब्यवस्थित तरिकाले सञ्चालन भएका मासु पसल ब्यवसायीहरुलाई गुणस्तर किसिमको माछा मासु विक्रि वितरण गर्न आग्रह गर्दै उहाँले […]

प्रदेश ५ समाचार स्वास्थ्य

नवलपरासीको सुनवल नगरपालिकामा २७ जनामा डेंगु रोगको संक्रमण, जोखिम कम भएको भ्रममा नपरि सचेत रहन स्वास्थ्यकर्मिहरुको आग्रह

विमल भट्टराई /ईन्दिरा विश्वकर्मा, सुनवल कार्तिक ६, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा हाल सम्ममा २७ जनामा डेंगु रोगको संक्रमण देखिएको सुनवल नगरपालिका सिनियर अहेव अधिकृत चुरामणि नेपालले बताउनुभएको छ । उहाँका अनुसार नवलपरासी जिल्लामा ८० जनामा डेंगु रोगको संक्रमण देखिएको छ । यस्तै प्रदेश नं ५ मा १४ सय ९९ जनामा डेंगु रोगको संक्रमण देखिएको […]

समाचार स्वास्थ्य

कतै शरीरमा पानीको मात्रा पुगेन ? देखिन्छन यस्ता लक्षण थाहा पाउनुस्

कार्तिक ४, काठमाडौँ । पानी मानव शरीरका लागि नभइ नहुने पदार्थ मध्य एक  हो । दैनिक ४–५ लिटर पानी पिउन चिकित्सकहरुले सुझाव दिए पनि मानिसहरु पानी पिउनेतर्फ त्यति ध्यान दिँदैनन् । पानी नपिउँदा शरीरमा विभिन्न किसिमका रोगहरुको संक्रमण देखा पर्छ । आज हामीले शरीरमा पानीको मात्रा कम हुँदा के कस्ता लक्षण देखिन्छन् ? त्यस विषयमा […]

Banner News समाचार समाज स्वास्थ्य

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

असोज १६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

Banner News समाचार सुदुरपश्चिम प्रदेश स्वास्थ्य

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

असोज १५, डोटी । जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो । दिपायल, पिपल्ला र राजपुर बजारमा […]