sab
अन्तराष्ट्रिय

चीनमा कोरोना भाइरसबाट ९ जनाको मृत्यु

 माघ , ८ एजेन्सी। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको बताएको छ ।आयोगका अनुसार भाइरसबाट ४४० व्यक्ति संक्रमित भइसकेका छन् । देशको सरकारी स्वास्थ्य निकायले अहिलेसम्म पूर्ण रुपमा पहिचान भइनसकेको कोरोनाभाइरस म्युटेट(उद्विकास) हुनसक्ने र त्यस अवस्थामा परिस्थिति निक्कै डरलाग्दो हुने चेतावनी दिएको छ । ‘२०१९ नोभेल कोरोनाभाइरस’ नाम […]

अन्तराष्ट्रिय समाचार

ठूलै खतराको संकेत दिँदै तीन शहर खाली गर्न निर्देशन

पौष,२८ एजेन्सी । खतरनाक बिस्फोट हुने आशंका जताउँदै विशेषज्ञले फिलिपिन्सको राजधानी नजिकै वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनेको छ । फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानी मनिलाको ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको हो । सरकारी समाचार एजेन्सीले हल्का भूकम्प पनि मापन […]

अन्तराष्ट्रिय समाचार

अमेरिकामा हुरीमा परी कम्तीमा १० जनाको मृत्यु

पौष, २८ एजेन्सी । अमेरिकामा हिउँ, असिनासँगै आएको हुरीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । हुरीमा ठूल्ठूला असिना र पाँच इन्चसम्मको हिउँ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार र शनिबार अमेरिकी राज्यहरू टेक्सासदेखि मिसिगनसम्म आएको विन्टर स्ट्रोमले झन्डै १ हजार बढी उडान रद्द भएका छन्। टेक्सासमा सडक दुर्घटनाको अनुसन्धान गरिरहेका एक जना […]

अन्तराष्ट्रिय समाचार

आँधीबेहरीले आठ जनाको मृत्यु

पुस २७,काठमाडौं । अमेरिकामा आएको आँधीबेहरीले लाखौं मानिस प्रभावित भएका छन् । भारी वर्षापछि आएको आँधीबेहरीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । आँधीबेहरीले दक्षिणी अमेरिकालाई निकै असर पुर्याएको छ । टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित भएका छन् । यी तीन राज्यमध्ये अलाबामा सबैभन्दा खतराको स्थितिमा रहेको मौसमविद्हरुले बताएका छन् […]

अन्तराष्ट्रिय

मेरो नोबेल शान्ति पुरस्कार कोही अर्कैले लग्यो : राष्ट्रपति ट्रम्प

पौष , २७ एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक नोबेल शान्ति पुरस्कारको सबैभन्दा ठूलो हकदार आफू भएको बताएका छन् । ट्रम्पले ओहायोको टोलेडोमा आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले अघिल्लो वर्षको नोबेल पुरस्कार खासमा आफूले पाउनु पर्ने दावी पेस गरेका हुन् । ‘म तपाईंलाई नोबेल शान्ति पुरस्कारबारेमा बताउन चाहन्छु । मैले सहमति गरेँ […]

अन्तराष्ट्रिय समाचार

इरानले गर्‍यो ठूलो गल्ती, माग्यो माफी

 पौष, २७ एजेन्सी । इरानी सेनाले गत बुधबार युक्रेनी विमानलाई ‘भूलबस’ छोटो दुरिको हतियार प्रयोग गरेर खसालेको शनिबार स्विकार गरेको छ । इरानको तर्फबाट आएको यो बयानमा यसलाई ‘मानवीय त्रुटी’ बताइएको छ । बोइंग ७३७ फ्लाइट युक्रेनियन इन्टरनेशनल एयरलाइन्सको थियो । बुधबार उडान भरेको केही समयपछि नै यसलाई तेहरानको बाहिरी इलाकामा खसालिएको थियो । इरानले […]

अन्तराष्ट्रिय समाचार

नाइजरमा भएको आक्रमणमा २५ सैनिक मारिए

पौष २५,  नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् । पश्चिमी अफ्रिकी मुुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको चिनागोद्ररमा घटना भएको उनीहरुले बताएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ […]

अन्तराष्ट्रिय

इरानमा बोइङ दुर्घटना, १७६ जनाको मृत्यु

पौष, २३  एजेन्सी । युक्रेन इन्टरनेशनलको विमान इरानमा दुर्घटना हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले बताएका छन् । बोइङ ७३७ विमान बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटना भएको थियो । उक्त विमानमा १६७ जना यात्रु र चालक दलका ९ सदस्य थिए । ती सबैको मृत्यु भएको […]

अन्तराष्ट्रिय

१ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना

पौष, २३ एजेन्सी । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । इरान मिडियाका अनुसार प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको जनाएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ […]

अन्तराष्ट्रिय

न्यूयोर्कमा ट्रकको ठक्करबाट नेपाली बालकको मृत्यु

पौष, २३ काठमाडौँ । न्यूयोर्कमा ट्रकको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ । स्थानीय अनलाइनहरुले समाचारका अनुसार न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको जनाइएको छ । दुर्घटनालगत्तै आमा-छोरालाई एल्महस्र्ट अस्पताल लगिएको थियो । श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु […]