deadbody
Banner News कर्णाली प्रदेश समाचार समाज

ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु

कात्तिक २०, दैलेख । सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल […]

Banner News कर्णाली प्रदेश समाचार समाज

जन्मदिनको अवसरमा पत्रकार केसीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

कात्तिक १८, सल्यान । सल्यानका पत्रकार खकेन्द्र केसीले आफ्नो जन्मदिनको अवसरमा आफुले पढेको विद्यालय र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । सल्यानबाट संचालित लेकाली अनलाइनका संचालक तथा सम्पादक समेत रहेका केसीले छत्रेश्वरी गाउँपालिका १ र बागचौर नगरपालिका ९ को सिमाना जलेखर्कमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा आफु २२ वर्षमा प्रवेश गरेको अवसरमा सहयोग गरेका हुन् । […]

कर्णाली प्रदेश समाचार समाज

घाँस काट्दै गर्दा रुखबाट लडेर मृत्यु

कात्तिक १७, जाजरकोट । नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप […]

Banner News कर्णाली प्रदेश समाचार समाज

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

कात्तिक ८, रुकुम । रुकुमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र ट्याक्टरमा सवार २७ वर्षीय चन्द्र बहादुर विक छन् । चौरजहारीबाट सिमेन्ट लोड गरि पुर्तिमकाँडातर्फ जाँदै गरेको भे १ […]

कर्णाली प्रदेश समाचार समाज

फरार प्रतिवादी पक्राउ

कात्तिक १, सल्यान । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका-५ बस्ने ६९ वर्षीय तिलु मल्ललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दामा २०७१ माघ २ गतेदेखि फरार रहेका मल्ललाई प्रहरीले खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]

Banner News कर्णाली प्रदेश समाचार समाज

तालिम केन्द्रकै सईले आफ्नो सालीलाई बलात्कार गरेको गम्भीर आरोप, अनुसन्धान जारी

सागर थापा/महेन्द्र सिंह असोज २९, नेपालगन्ज । नेपालगन्जमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत ६. नम्बर प्रदेश हाल नेपालगन्जमा तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक सई पक्राउ परेका छन् । नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालीम केन्द्र ६. नम्बर प्रदेशमा कार्यरत सई बमबहादुर रानाले आफ्नो (साली) लाई आईतबार राती प्रहरी […]

Banner News कर्णाली प्रदेश समाचार समाज

दशैँको मुखमा कर्मचारी शिक्षकले तलव नपाएको गुनासो

असोज १७, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालको लापरबाहिका कारण कर्मचारी, शिक्षकहरुले दशैँमा पनि तलव नपाएको गुनासो गरेका छन् । नेपालीहरुको महान चाड वडादशैँमा तलव नपाउने भएपछि यो दशैँ खल्लो हुने कर्मचारी तथा शिक्षकहरुको भनाई छ । गाउँपालिकाका एक कर्मचारीले आफ्नो नाम नखुलाईदिने सर्तमा भने, “प्रशासकीय अधिकृत र लेखापाल कार्यालयमा धेरै […]

कर्णाली प्रदेश समाचार

५ किलो अफिमसहित १ जना पक्राउ

आश्विन १५ रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–५ गोलचौरबाट प्रहरीले करिब पाँच किलो अफिमसहित एक युवकलाई पक्राउ गरेको छ । ३२ वर्षीय रन्जित खत्री भाग्न खोजेपछि पक्राउ गर्न प्रहरीले एक राउण्ड हवाई फायर गरि पक्राउ गरेको हो । नदुवाबाट सूचनाको आधारमा प्रहरीले खत्रीलाई चार किलो ९०० ग्राम अफिम र तराजुलगायतका सामाग्रीहरुसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा […]

Banner News कर्णाली प्रदेश समाचार समाज

सल्यानमा पिकअप भ्यान दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

असोज १०, सल्यान । सल्यानमा पिकअप भ्यान दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–४ किमिचौरस्थित सडकमा लु १ च ४१५३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार सल्यान कपुरकोट गाउँपालिका–४ किमिचौर बस्ने ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको छ । भ्यान बाटोबाट करिब […]

Banner News कर्णाली प्रदेश राजनीति समाचार

काँग्रेसहरु मुख हेरेर भन्दा रुख हेरेर एकजुट हुनपर्छ ‌; सहमहामन्त्री महत

असोज ९ दैलेख । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपाको दुई तिहाईको सरकारले देशलाई अधिनायकवाद तर्फ धकेलेको आरोप लगाएका छन । बुधबार दैलेखको दुल्लुमा काँग्रेसको क्षेत्रिय कार्य समिति क्षेत्र नं.२ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन । महतले नेपालको प्रजातान्त्रिक समाजवादनै उत्तम रहेकाले सि जीङ पिङको विचारधारको गतिविधि सम्बन्धीका कार्यक्रमहरु अहिलेकाे सरकारले […]