समाचार सुदुरपश्चिम प्रदेश

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मंसिर ,२५  कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको मृत्यु भएको साथै स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट भएको र एकजना जङ्गलमा हराइरहेको हुँदा खोजीकार्यमा भईरहेको जिल्ला […]

प्रदेश ३ समाचार

दुई जनाको शव फेला

मंसिर, २५ रौतहट । रौतहटमा दुुईजनाको शव फेला परेको छ । चन्द्रपुर बजारमा एकजना र मुनलाइट स्कुलको अगाडी एकजना गरी दुुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

प्रदेश ३ समाचार

हिमाली भागमा भारी हिमपात

मंसिर, २५  काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमाली भागमा भारी हिमपातको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविदले पश्चिम, मध्य र पूर्वी पहाडी भागमा ३ दिन पानी पर्ने प्रक्षेपण पनि गरेका छन् । विभागले बुधबार बिहान तीनदिने मौसमी विश्लेषण सार्वजनिक गर्दै देशको हिमाली भागमा हिमपात हुने जनाएको हो । विभागका मौसमविदहरूका […]

प्रदेश २ फोटोफिचर समाचार

बलात्कार गर्न खोजेको आरोपमा वडाध्यक्ष पक्राउ

मंसिर  २५, राजविराज । सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । डीएसपी भारतकीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार […]

Banner News फोटोफिचर समाचार सुदुरपश्चिम प्रदेश

बाजुरामा चार महिनामा ५ जना सुत्केरीको मृत्यु

प्रकाश सिंह /बाजुरा मंसिर , २५ बाजुरा । गत साता बाजुराका जगन्नाथ गाउपालिका ५ गोत्री सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रमा सुत्केरीकोे मृत्यु भएको छ । मृत्यू हुनेमा जगन्नाथ गाउपालिका ५ गोत्रीकी ३५ वर्षियका पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले वताएका छन् । घरमै सुत्केरी भएकी रावलको साल अट्कीएपछि अत्याधिक रक्तश्रापका कारण बेहोस […]

Banner News प्रदेश ३ समाचार

नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्सवको रुपमा मनाउन मन्त्री भट्टराईको आग्रह

मंसिर , २५ काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन व्यवसायीहरुलाई नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन आग्रह गरेका छन् । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष–२०२०को बिषयमा आयोजना गरेको छलफलमा मन्त्री भट्टराईले  भने, ‘सरकार तपाईहरुको साथमा छ, तर अब तपाईहरु पनि माग मात्रै नराख्नुहोस् । […]

प्रदेश ३ समाचार

बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ

मंसिर, २५ काठमाडौँ । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत शुक्रबार जाहेरीसमेत दिएका छन् । २६ वर्षकी ती महिला […]

अन्तराष्ट्रिय समाचार

अमेरिकामा गोलीबारी, पुलिससमेत ६ जना मारिए

मंसिर, २५ एजेन्सी । अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक पुलिस अधिकारीसमेत ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिवन फुलपका अनसार दुई अन्य पुलिसकर्मी घाइते भएका छन् । शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भयो । स्थानीय मिडिया अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भयो जहाँ दुई संदिग्धले बन्दुक लुकाएर राखेका थिए […]

प्रदेश ३ समाचार

अनलाइन ठगी र बैङ्क ह्याकिङ गर्ने तीनजना पक्राउ

मंसिर, २५ काठमाडौँ । नेपाली बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो लगायतका विभिन्न प्रलोभन देखाई उनीहरुले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । त्यसैगरी उनीहरुले विभिन्न बैङ्क ह्याकिङसम्म गरेको प्रहरीले बताएको छ । उनीहरुलाई काठमाडौँ लगायत देशका अन्य स्थानबाट […]