पत्रपत्रिका समाचार

अतिक्रमित जग्गा फिर्ता ल्याउँदै सरकार

माघ  १०, काठमाडौं । सरकारले व्यक्ति तथा संघसंस्थाले कब्जा जमाएका सार्वजनिक जग्गा फिर्ता ल्याउने भएको छ। जग्गा फिर्ताको कारबाही अघि बढाउन गृह मन्त्रालयलगायत सम्बद्ध निकायलाई निर्देशन दिइएको छ। जाँचबुझ आयोगले झन्डै ५ सय बिघा जग्गा ‘गैरकानुनी कब्जा’ भएको प्रतिवेदन बुझाएपछि सरकारले फिर्ता ल्याउन तदारुकता देखाएको हो। व्यक्तिका नाममा रहेका सरकारी, सार्वजनिक र गुठी जग्गा सरकारी […]

पत्रपत्रिका समाचार

घरेलु मदिराको विकृति रोक्नू : सर्वोच्च

माघ ७, काठमाडौं । सर्वोच्च अदालतले घरेलु मदिराजन्य पदार्थको विकृति रोक्न सरकारका निकायलाई आदेश दिएको छ। जाँडरक्सीको मनपरी उत्पादन र बिक्रीवितरणमा नियन्त्रण र अनुगमनमा कडाइ गर्न निर्देशनात्मक आदेश भएको हो। व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु मिसाएर घरेलु जाँड, रक्सी, छ्याङ, तोङ्बा, निगारजस्ता मदिराजन्य पदार्थ छ्यापछ्याप्ती बिक्रीवितरण र सेवन भइरहेको भन्दै अधिवक्ता जगन्नथा मि श्र, सुमिता […]

पत्रपत्रिका समाचार

ललिता निवास प्रकरणमा सीआईबी प्रतिवेदन : किर्ते र ठगीमा कारबाही सिफारिस

माघ ७, काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरूमाथि भ्रष्टाचारको आरोपका अतिरिक्त ठगी र किर्तेको अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । भूमाफिया र कर्मचारीको मिलेमतोमा बालुवाटारको १ सय १४ रोपनी जग्गा हिनामिनाको घटना अनुसन्धान गरेको सीआईबीले उच्च पदस्थ सरकारी अधिकारी र मालपोतका कर्मचारीदेखि भूमाफियासम्मको मिलेमतोमा सरकारी जग्गा […]

Banner News गण्डकी प्रदेश पत्रपत्रिका समाचार

सांसदको भाषणको भरमा उधारोमा सडक खनियो स् तीन वर्षसम्म पैसा नपाएको भन्दै डोजरधनीले सडक भत्काइदिए

माघ ७, गुल्मी । कालिगण्डकी गाउँपालिका–२ अर्बेनीमा उपभोक्ता समितिले तीन वर्षअघि उधारोमा खनेको सडकको भुक्तानी नपाएपछि अहिले डोजर लगाएर भत्काइएको छ । रत्नबहादुर विक अध्यक्ष रहेको उपभोक्ता समितिले नेताको भाषणकै विश्वासमा ०७३ मा अर्बेनी–देउराली–कोट पाँच किलोमिटर सडक उधारोमा खनेको थियो । गुल्मी–१ का तत्कालीन सांसद कृष्ण छन्तेलले सांसद विकास कोषबाट आउने बजेट दिने भन्दै स्थानीयलाई सडक खन्न […]

पत्रपत्रिका समाचार

मिडिया काउन्सिल विधेयक : अदालतबाट मात्रै क्षतिपूर्ति र जरिवाना

 माघ , ६ काठमाडौँ । सञ्चारमाध्यमले आफ्ना सामग्रीमार्फत पुर्‍याएको क्षतिमा पीडित अदालत जान पाउने गरी मिडिया काउन्सिल विधेयक परिमार्जन गर्न सरकार सहमत भएको छ । राष्ट्रिय सभाको विधायन समितिमा विधेयकको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रस्तावित मिडिया काउन्सिलले उजुरी लिए पनि क्षतिपूर्तिको हकमा अदालतबाटै निर्णय गर्ने गरी विधेयक […]

पत्रपत्रिका समाचार

जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार

माघ ३, काठमाडौ । स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि आफ्नै क्रसर उद्योगलाई ठेक्का दिलाएर नदीनाला र पहाड दोहनमा सक्रिय समाचार आजको नया पत्रिका दैनिकमा जिल्ला ब्युरो, काठमाडौंले तयार पारेको हो । काभ्रे : पूर्वसांसददेखि डनसम्म रोडा–बालुवा तथा क्रसर उद्योगका मालिक पूर्वसांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा […]

आर्थिक पत्रपत्रिका समाचार

अर्थमन्त्रीलाई नैतिक संकट

माघ ३, काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषद्बाट सफाइ पाएपछि अर्थमन्त्रीलाई नैतिक संकट परेको छ। कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा छानबिन अघि बढेको थियो। श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो। मन्त्रिपरिषद्ले डेपुटी गभर्नर श्रेष्ठ अन्यायमा परेको निष्कर्ष निकाल्यो। यो […]

Banner News पत्रपत्रिका समाचार

अझै टेकोका भरमा घर

माघ ३, काठमाडौँ । यट्खास्थित कन्या माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दो छ । भूकम्पले क्षति पुगेर विद्यालय भवनमा रातो स्टिकर लागेपछि अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाएर पठनपाठन सुचारु गरिएको थियो । केही समयपछि टीएलसीमा पानी चुहिने, विद्यार्थीलाई चिसो लाग्ने, कीराफट्याङ्ग्राले दुःख दिने भएपछि विद्यार्थी धमाधम अन्य विद्यालयमा भर्ना भएर जान थाले । विद्यार्थी भाग्न थालेपछि विद्यालयले फेरि पुरानै […]

Banner News पत्रपत्रिका समाचार

यसरी खुल्यो अश्लील हर्कत, फेसबुक पेज खोलेर १५ हजारसम्म लाइक पुर्‍याउने र भिडियो अर्कैलाई बिक्री गर्ने योजना

माघ १, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । ती युवक को हुन् भन्ने न भिडियोबाट पहिचान गर्न सकिन्थ्यो, न पीडित युवती नै । आफ्नो शरीरमा वीर्य स्खलन भइरहेकोबारे ती युवती […]

Banner News पत्रपत्रिका समाचार

‘क्रसर डन’को विरोध गर्दा टिपरले पेलेर ज्यान लिएपछि..

पुष २५, धनुषा । औरही खोलामा शुक्रबार बिहान पौने ३ बजे टिपर र जेसीबीको आवाज सुनेर स्थानीय रोशन यादव र दिलीप भनिने ओमप्रकाश महतो मोटरसाइकल लिएर गए। आफ्नो खेतनजिकै खोलामा अवैध रूपमा भइरहेको उत्खनन रोक्न पुगेका उनीहरूमाथि तस्करको समूह जाइलाग्यो। दिलीपलाई कुट्न थालेपछि रोशन भागेर वडाध्यक्ष श्यामबाबु यादवलाई फोनमार्फत खबर गरे। रोशनकै आँखा अगाडि तस्करको […]