राजनीति समाचार

अखिल (छैठौं) प्युठानको भेला सम्पन्न, अध्यक्षमा चोपलाल सचिव केशव बुढाथोकी

माघ ११, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा गत असोजमा सप्पन्न अखिल (छैठौं) को राष्ट्रिय परिषद भेलाले संघीयता विरुद्ध काठमाडौं मार्चको ऐतिहासिक घोषणा गरेको थियो । सोहीअनुसार सबै जिल्लामा तयारी भेलाहरु चलिरहेका छन् । यसैबीच प्युठानमा पनि अठारौं जिल्ला सम्मेलन पछिको प्रथम तथा संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी स्वरुप जिल्ला भेला सम्पन्न भएको छ । भेलाले चोपलाल […]

राजनीति समाचार

देउवा उपसभामुखको विषयमा छलफल गर्न बालुवाटारमा

माघ ११, काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएको बताइएको छ । सभामुखमा उम्मेदवार नउठाएको काँग्रेसले उपसभामुख आफूले पाउनुपर्ने माग गर्दै आएको छ ।

प्रदेश ५ राजनीति समाचार

राष्ट्रियसभामा निर्वाचनमा प्रदेश पाँचमा नेकपाका उम्मेदवारहरु विजयी

सागर थापा माघ ९, दाङ । राष्ट्रियसभा सदस्यका लागि विहीवार दाङमा भएको निर्वाचनमा प्रेदश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।सत्तारुढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् । दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनले […]

Banner News राजनीति समाचार

नेकपाको राष्ट्रियसभा दुई तिहाइ बढी

माघ ९, काठमाडौं । बिहीबार भएको राष्ट्रियसभा सदस्यको  निर्वाचनबाट १८ जना सांसद चुनिएका छन्। राष्ट्रियसभा निर्वाचनमा नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो भने प्रदेश दुईमा नेकपा– राजपा र काँग्रेस समाजवादीबीच तालमेल भएको थियो । सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये  ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय तहका १ […]

Banner News राजनीति समाचार

सापकोटा सभामुखमा निर्विरोध

माघ ७, काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटाकाे मात्रै उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसँगै सापकोटा सभामुखमा निर्विरोध भएका छन्। मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो। तर, यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ। १२ गते […]

Banner News राजनीति समाचार

नेकपाले जारी ग¥र्योे पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता

माघ ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी परिपत्र जारी गरेका हुन । यस्तो छ नेकपाले पार्टीको आन्तरिक रूपमा सर्कुलर गरेको विशेष ११ बुँदे आचारसंहिता १. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ […]

राजनीति समाचार

नेकपाको विद्यार्थी संगठनले तोक्यो जिल्ला संयोजक र सह संयोजक

माघ ५, काठमाडौं । नेपाल कम्युनिष्ट पाटि (नेकपा)ले विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला संयोजक र सह संयोजकको जिम्मेवारी तोकेको छ । गत पुष १९ गते केन्द्रिय कमिटीले पुर्णता पाएसगैं आज जिल्ला संयोजक र सह संयोजकले पनि पुर्णता पाएको हो । अनेरास्ववियूले जिल्ला संयोजक र सह संयोजक सहित निर्वाचन, लेखा र अनुशासन आयोगको पनि जिम्मेवारी तोकेको छ […]

Banner News राजनीति समाचार

अग्नि सापकोटा सभामुख बनाउने सहमति

माघ ५, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको छ । आज बिहान सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो ।लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ । नेकपाले सभामुख उम्मेदवार चयन गर्न […]

Banner News राजनीति समाचार

सभामुख छान्न प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

माघ ५, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सभामुख चयनका विषयमा कुराकानी भइरहेको बताइएको छ । सभामुख चयनका विषयमा सहमति नहुँदा ४ पटकसम्म संसद बैठक स्थगित भएपछि निकास निकाल्न अध्यक्षद्वय छलफलमा जुटेका हुन् । […]

राजनीति समाचार

सभामुखको टुङ्गो लगाउन नेकपाको सचिवालय बैठक बस्दै

माघ ५, काठमाडौं । सभामुखको उम्मेदवार तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको छ । समसामयीक विषयमा छलफल र निर्णय गर्न महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाएका हुन ।